कपिलवस्तु । केन्द्रीय संयुक्त संघर्ष समितिमा आवद्ध दलहरुको बैठकले २०८२ माघ ४ गते कपिलवस्तुमा हिमलाल वाग्लेको संयोजकत्वमा १० सदस्यीय संयुक्त संघर्ष समिति कपिलवस्तु गठन गरेको छ । संयुक्त संघर्ष समितिमा कमल उप्रेती , रामसरण थारु , सुरजमति कोडी , केशब आले , आशिष थारु , रामरतिया थारु , समीप खान , शोभे थारु , विुरु चौधरी रहेकाछन् । संयुक्त संघर्ष समिति कपिलवस्तुले केन्द्रीय संयुक्त संघर्ष समितिले निर्घारण गरेका निर्वाचन बहिष्कार सम्बन्धि कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको छ । संयुक्त बैठकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्यूरो सदस्य तथा ५ नम्बर ब्यूरो सचिव जितामित्र सुनार , नेकपा (बहुमत ) केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज रेखा खनालको उपस्थिति रहेकोे थियो ।

