धनगढी। आगामी फाल्गुन २१ गते हुन गइरहेको सँसदीय निर्वाचन बहिष्कार जनसभा कैलाली कञ्चनपुरमा २०८२ माघ ५ गते सम्पन्न भएको छ ।कैलालीको गौरीगँगा गा.पा.को खौराला चौराहमा संयुक्त संघर्ष समिति कैलालीको आयोजनामा चुनाव बहिष्कार सम्वन्धी जनसभा भएको हो। जनसभामा प्रमुख वक्ता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम तथा २ न. व्युरो इञ्चार्ज लालवहादुर जाग्री, वक्तामा वैज्ञानिक समाजवादीका सिसिएम श्याम कुवर हुनुहुन्थ्यो।कार्यक्रमको सञ्चालन नेकपा (बहुमत)का कैलाली जिल्ला सचिव रमेशले गर्नु भएको थियो।कञ्चनपुरको महेन्द्रनगर बजारको बसपार्कमा भएको बहिष्कार जनसभा संयुक्त संघर्ष समिति कञ्चनुरको आयोजनामा भएको थियो। सभालाई नेकपा(वहुमत)का सिसिएम तथा कञ्चनपुर जिल्ला इञ्चार्ज राम भट्टले सम्वोधन गर्नु भएको थियो।


