धनगढीमा संसदीय निर्वाचनको वहिष्कार सम्वन्धी अन्तक्रिया सम्पन्न

धनगढी। संयुक्त संघर्ष समिति कैलालीको आयोजनामा कैलालीको अत्तरियामा निर्वाचन बहिसकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रतिभा पुस्तकालयको हलमा स्वाधिन संयुक्त सरकार र जनसंविधानका निम्ति यहि फाल्गुन २१ गतेको औचित्यताहीन संसदी य निर्वाच बहिस्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम २०८२ माघ २ गते सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अथिति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पिविएम तथा २ न .व्युरो इञ्चार्ज लालवहादुर जाग्रीले कार्यपत्र प्रस्तुत गर्दै भन्नु भयो –गत भाद्र २३ ्२४ को जेनजी विद्रोह र त्यसपछि विकसित परिस्थितिमा ओली नेतृत्वको सरकार बर्खास्त तथा संसद विघटन गरिए पछि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहमतिमा गठित सुशीला कार्की नेतृत्वको कठपुतली सरकारले आउने फागुन २१ गते संसदीय निर्वाचन गर्ने घोषणा गरेको थियो ।यो अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादद्वारा प्रायोजित निर्वाचन हो । आफ्ना नयाँ दलाललाई निर्वाचित गराउन साम्राज्यवादले साम, दाम, दण्ड, भेद जस्ता सबै विधि प्रयोग गर्ने कुरा निश्चित छ ।

पार्टीले देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच राष्ट्रिय राजनीतिक सम्मेलन गरेर संयुक्त मोर्चा निर्माण गरी आन्दोलन उठाउने, आन्दोलनको बलमा स्वाधीन संयुक्त सरकारको गठन गर्ने, उक्त सरकार मार्फत् वर्तमान् प्रतिक्रियावादी संविधान खारेज गर्ने र जनसंविधान निर्माण गरी क्रान्तिलाई अगाडि बढाउने मा लागेको बताउनु भयो । जनसंघर्ष बाट शुशिलाको सरकार अन्त्य गरेर स्वाधिन संयुक्त सरकार गठन नगरेको अवस्थामा आगामी संसदीय निर्वाचनको बहिष्कार गर्नुपर्छ भन्ने कुरामा वहाँको विशेष जोड रहेको थियो । कार्यक्रममा नेकपा(वहुमत)का सचिवालय सदस्य एव सुप व्युरो इञ्चार्ज डिडि पाण्डेय ,क्रान्तिकारी कम्युनिष्ट पार्टीका सिसिएम एव व्युरो न .२का सचिव हरि सुवेदी वैज्ञानिक समाजवादी पार्टीका सिसिएम श्याम कुवरले पनि चुनाव वहिष्कार सम्वन्ध धारणा राख्नु भएको थियो।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सिसिएम तथा कैलाली जिल्ला सचिव रुद्र कडेलको अध्यक्षता नेकपा (वहुमत)का नेता रमेशको सञ्चालन नेकपा(वहुमत)का नेता नक्साल विष्टले स्वागत गर्नु भएको थियो। सहभागीहरुले फलोर वाट चुनाव वहिष्कार सम्वनन्धी धारणा राखेका थिए । विभिन्न जिज्ञासाको प्रमुख अथिति जाग्रीले प्रष्टिकरण दिए पछि कार्यक्रमका अध्यक्षता गरिरहेका रुद्र कडेलले कार्यक्रमको समापन गर्नु भएको थिए।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित