बनेपा । फागुन २१ को संसदीय चुनावले नेपालको राष्ट्रियता संकटमा पर्ने भएकोले स्वाधीन संयुक्त सरकारको माग गर्दै संयुक्त सघर्ष समिति काभ्रेले बनेपामा विरोध प्रदर्शन गरेको छ । दलाल संसदीय व्यवस्था असफल भैसकेको र साम्राज्यवादद्वारा प्रायोजित चुनावले निकास नदिने भएकोले यो चुनावलाई बहिष्कार गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।
विरोध प्रदर्शनमा विदेशीले पुराना पार्टीका दलालहरूबाट आफ्नो उदेश्य पूरा गर्न नसकेकोले नयाँनयाँ दलालहरू खोजिरहेको र नयाँ पार्टी र नयाँ पात्रलाई अघि सारेर देशलाई युद्धमा धकेल्न खोजेको नेताहरूले दावी गरेका छन । १० नंम्वर व्युरो सदस्य गोविन्द काफ्लेले संञ्चालन गरेको सो विरोध कार्यक्रमलाई नेकपा बहुमत काभ्रेका नेता लाल व विक , क्रान्तिकारी कम्युनिष्ट नेपालका विद्यर्थी नेता नेत्र शाहीले सम्वोधन गरेका थिए ।

