तामाङ राष्ट्रिय मुक्तिमोर्चाको तेस्रो भेला शुरु

ललितपुर । अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चा राष्ट्रिय सम्मेलन आयोजक समितिको तेस्रो राष्ट्रिय भेला ललितपुरको कुपोण्डोलमा शुरु भएको छ । कार्यक्रमको अध्यक्षता अखिल नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चाका संयोजक फुर्नाम्गेल मोक्तान र प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल हुनुहन्थ्यो । अतिथिहरुमा अखिल नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चाका सल्लाकार तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङ, पार्टीका स्थायी समिति सदस्य रामसिङ श्रीस, आदिवासी जनजाति महासंघका संयोजक तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य पवनमान श्रेष्ठ,९ नं व्यूरो इन्चार्ज तथा पोलिटव्यूरो सदस्य दिनेश शर्मा, ९ नं व्यूरो सचिव चिन्तामणि शर्मा, पोलिटव्यूरो सदस्य शुरेश श्रेष्ठ, क्रान्तिकारी महिला संगठन नेपालका सह संयोजक शारदा महत, बिगेसोका अध्यक्ष पदम लिम्वु ,क्रान्तिकारी टे«ड युनियन महासंघका संयोजक इशवर तिमिल्सिना, मगर मुक्ति मोर्चाका संयोजक भरत बुर्जा मगर लगायत रहनु भएको थियो ।ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौन धारण गरिए पछि प्रमुख अतिथि बाट बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले तामाङहरुको नयाँ वर्ष सोनाम २८६२ को सबैमा शुभकामना दिँदै भेला सफलताको कामना गर्नु भयो ।

प्रमुख अतिथिले अहिले नेपालीहरुले राजनीतिक रुपमा जटिल अवस्थाको सामना गरिरहेको बताउनु भयो । वहाँले देशको राजनीतिमा साम्राज्यवाद आक्रामक रुपले आइरहेको उल्लेख गर्नु भयो र भन्नु भयो –“देशमा अमेरिकी साम्राज्यवाद बढी आक्रामक रुपमा आएको छ । भेनेजुयलाको राष्ट्रपति निकोलश मदुरो र उनकी श्रीमतीलाई राति सुतिरहेको बेलामा आक्रमण गरी अमेरिका पु¥याएको छ र अहिले ग्रीनल्याण्ड आफ्नो हुनु पर्ने भन्दै आक्रमणको धम्की दिइरहेको छ त्यो देशका जनताले एक मतले अमेरिकी आक्रमणको धम्कीको विरोध गरिररहेका छन् । हाम्रो देशमा पनि भूराजनीतिक अवस्था र एमसीसी जस्तो राष्ट्रघाती सम्भौता भएको कारण अमेरिकी हस्तक्षेप हुन निकै सजिलो भएको छ ।” वहाँले सबैखाले हस्तक्षेपको सम्भावनाको र सबैप्रकारको उत्पीडनको विरोध गर्न जनतालाई भन्न सक्नु पर्नेमा पनि जोड दिनु भयो । जनताको एकताको बलबाट नै सबैखाले हस्तक्षेपलाई परास्त गर्न सकिने बताउँदै वहाँले अहिलेको परिस्थिति क्रान्तिकारीहरुको अनुकूल नभएको उल्लेख गर्नु भयो । वहाँले देशमा संकट आएको बेला धेरै जना भाग्ने,धेरै जना घुस खाएर घात गर्न तयार हुने र थोरै मात्रै राष्ट्र र जनताको पक्षमा लड्ने र तीनै थोरै भनिएका नै सफल हुने कुरा औंल्याउनु भयो । वहाँले राम्रो योजना र कार्यक्रम ल्याउन मोर्चाका सदस्यहरुलाई सल्लाह समेत दिनु भयो ।


त्यस्तै गरी अर्का अतिथि सीताराम तामाङले देश भरी नै प्रगतिशील आन्दोलन कमजोर भएको बताउँदै अफ्ठ्यारो अवस्थामा बीउ जोगाउने काम नै महत्वपूर्ण हुने बताउनु भयो । वहाँले अहिले राष्ट्रिय स्वाधिनताको आन्दोलन कमजोर भएको बताउँदै अर्काको पैसा खाएर देश बेच्दैछन् यो अवस्थामा देश बचाउने भनेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल हो भन्नु भयो । वहाँले देशभरिका तामाङहरु अधिकारको लागि संघर्ष गर्नु पर्ने बताउँदै “निडर नै लिडर”हुने कुरा उल्लेख गर्नु भयो ।


अर्का अतिथि पवनमान श्रेष्ठले बहुदल आए पनि देशभरका जनजातिहरुले अधिकार प्राप्त गर्न नसकेको बताउनु भयो र भन्नु भयो “आज पनि जनजातिहरुलाई दोस्रो दर्जाको नागरिकको व्यवहार राज्यले गरेको अवस्था छ ,त्यसकारण जनजातिहरुलाई सचेत बनाउने काम गर्नु पर्छ ”

त्यसैगरी शारदा महतले जुन त्याग तपस्या गरेर तामाङहरुले संघर्ष गरेका थिए त्यो अनुसार अधिकार प्राप्त गर्न नसकेको उल्लेख गर्नु भयो । वहाँले अहिले दलालहरुलाई फाइदा हुने गरी निर्वाचनको घोषणा भएको छ यस निर्वाचनको बहिस्कार गर्न सबैमा अनुरोध गर्नु भयो ।

कार्यक्रममा भरत बुर्जामगरले भेला तामाङहरुको अधिकार प्राप्त गर्न सहयोगी बन्ने विश्वास व्यक्त गर्नु भयो ।

सह–संयोजक सुरेश तामाङको स्वागत तथा रङ्गवीर दोङको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा अतिथिहरुलाई खादा असली माया र अस्मिता तामाङले लगाइदिनु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित