तामाङ राष्ट्रिय मुक्तिमोर्चाको राष्ट्रिय भेला सम्पन्न

ललितपुर । तामाङ राष्ट्रिय मुक्तिमोर्चाको तेस्रो भेला २०८२ माघ ९गते ललितपुरमा सम्पन्न भएको छ । भेलाले फुर्नाम्गेल मोक्तानको संयोजकत्वमा ३५ सदस्सीय समिति राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ ।गठन गरेको छ जसमा सह संयोजक रङगबीर दोङ , शुरेश तामाङ रहनु भएको छ भने सदस्यहरुमा बाबुलाल लोप्चन , रवि तामाङ कान्छामान थिङ, मंगल तामाङ, धनबहादुर तामाङ, ज्ञानबहादुर तामाङ, पदम तामाङ, डम्बर तामाङ, सुवाङ मोक्तान ,जुवान सिङ तामाङ , चन्द्र बहादुर तामाङ, इन्द्र बहादुर तामाङ, कान्छी थिङ, रामकुमार दोङ , भिम तामाङ, अस्मिता गोले रहनु भएको छ । बाँकी रहेका सदस्यहरु पछि पूर्ति गर्ने निर्णय भएको छ । भेलाले ५ जनाको कार्यालय पनि गठन गरेको छ । भेला पछि बसेको बैठकले १ वर्ष भित्र राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित