अखिल (क्रान्तिकारी) भक्तपुर जिल्लाको १८औं जिल्ला सम्मेलन सम्पन्न

 

भक्तपुर । अखिल (क्रान्तिकारी) भक्तपुर जिल्लाको १८औं जिल्ला सम्मेलन२०८२ माघ १२ गते भक्तपुरको सानोठिमीको आदर्श माविमा सम्पन्न भएको सम्मेलनमा ‘सम्पुर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनगणतान्त्रिक विद्यार्थी एकजुट होऔं !, “राष्ट्रिय एकता, स्वाधीनताको रक्षा र भ्रष्टाचारविरूद्ध संघर्षका लागि हाम्रो आन्दोलन ! सुदृढ र जुझारू संगठनका लागि एकताको १८औं जिल्ला सम्मेलन ! ”भन्ने नारासहित जिल्ला सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले सागर कार्कीको अध्यक्षतामा २१ सदस्य जिल्ला समिति निर्वाचित गरेको छ ।

कार्यक्रमको अध्यक्षता सागर कार्कीले गर्नुभएको थियो भने ,सन्चालन नेता प्रवेश रुम्बाले गर्नु भयो । कार्यक्रममा १ मिनेट श्रद्धाञ्जली र विद्यार्थी नेत्री निर्मला लुहारले स्वागत मन्तव्य राख्नु भयो । सम्मेलन सफलताको शुभकामना मन्तव्य विद्यार्थी नेता नवीन खड्का, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुर जिल्ला समितिका सचिव सुरेश अधिकारी र विद्यार्थी नेता नेत्र शाहीले राख्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित