प्यूठानमा निर्वाचन बहिस्कार गर्न अनुरोध गर्दै कार्यक्रम सम्पन्न

प्यूठान । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल प्यूठानले जिल्लामा निर्वाचन बहिस्कार गर्न अनुरोध गर्दै विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । २०८२माघ ११ गते प्युठान जिल्लाको सरुमारानी गाउँपालिको बडडाँडा बजार र दरभान बजारमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पि.वि.एम. केबि गुरूङले र केन्द्रीय सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज टिकाराम पौडेलले सम्बोधन गर्नुभएको थियोे । दुवै वक्ताहरुले वर्तमान कठपुतली सरकारको विकल्पमा स्वाधीन संयुक्त सरकार आजको आवश्यकता भएको र सम्पूर्ण नेपाली जनताले यो चुनावलाई शसक्त बहिष्कार गर्न आव्हान गर्नु भएको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव वीर बहादुर पुन र जिल्ला सदस्य कृष्ण रानाले गर्नुभएको थियोे ।

२०८२माघ १२ गते प्यूठान जिल्लाको माण्डवी गाउँपालिका जस्पुर बजारमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्युठानको आयोजनामा कोणसभा सम्पन्न भएको छ । सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक पि.वि.एम. जितामित्र सुनार सम्बोधन गर्नुभएको थियो । उहाँको भनाई थियो –नेपाल इतिहासको काल खण्डमा सबैभन्दा बढी विदेशी शक्ति केन्द्रीको हस्तक्षेप रहेको र यो सरकार उनीहरुको योजना अनुसार काम गरेको बताउनुभयो ।उहाँको थप भनाइ थियो – “नेपालमा धेरै पटक निर्वाचन भएको छ र दलहरूले म्याण्डेट पाएर गएका छन् तर जनताको अवस्थामा खासै परिवर्तन भएन । दलका नेताहरु र उनका आसेपासेहरुको अवस्थामा परिवर्तन भयो । देश भष्ट्राचारले चुर्लुम्म डुब्यो। फागुन २१ को चुनाव पछि पनि देशको अवस्था त्यही हुने हो, तसर्थ यो चुनाव बहिष्कार गर्नु पर्छ ।” वहाँले सबै देशभक्त ,प्रगतिशील तथा वामपन्थी शक्तिहरुलाई स्वाधीन संयुक्त सरकारको पक्षमा उभिन आह्वान गर्नु भयो । उक्त कोणसभामा प्युठान जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य टिकाराम पौडेलको सम्बोधन रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव वीर बहादुर पुनले गर्नुभएको थियोे । कोणसभा हुनुभन्दा अगाडि बजार क्षेत्रमा व्यापक प्रचार वितरण गरिएको थियो ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित