पूर्णबहादुर खड्काको रिहाइको माग गर्दै ज्ञापन पत्र

२०८२ माघ २३ गते  अर्घाखाँची। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई सरकारले गिरफ्तार गरी थुनामा राखेको हुँदा बिना शर्त अभिलम्ब रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । सो क्रममा जिल्लाका समसामयिक महत्वपूर्ण विषयहरू,निर्वाचन बहिष्कार सम्बन्धी कार्यक्रम जानकारी लगायत विषयमा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीसँग छलफल भएको छ। ज्ञापनपत्र बुझाउने प्रतिनिधि मण्डलमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पोलिट व्यूरो सदस्य कृष्ण केसी, जिल्ला इन्चार्ज नरेन्द्रबहादुर थापा ,केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी राजेन्द्र नेपाली, क्रान्तिकारी ट्रेड युनियन महासङ्घ जिल्ला अध्यक्ष हिम्मत बिक लगायत हुनुहुन्थ्यो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित