काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला र सो पार्टीका काभ्रे जिल्ला सेक्रेटरी विष्णु तिमिल्सिनालाई फागुन ५ गते करिब ५ः४० बजे खिचापोखरी स्थित टेवहालबाट प्रहरीले गिरफ्तार गरेको सो पार्टीले जनाएको छ। कार्यालय सचिव अविरलले २०८२ फागुन ५ गते एक वक्तव्य प्रकाशित गर्दै बास्तोला र तिमल्सिना गिरफ्तार भएको पुष्टि गरेका हुन् ।सचिव अविरलले जारी गरेको वक्तव्यमा भनिएको छ “सरकारले घोषणा गरेको कथित चुनावले शासन स्थिरता र आत्मनिर्भरताप्रतिको जनचाहनालाई कुनै पनि हालतमा सम्बोधन गर्न सम्भव छैन ।बलजप्तीमा चुनावको नौटंकी हुन खोज्दैछ ।यसले देशको स्वाधीनता नै गम्भीर संकटतिर धकेलिँदै गएको सर्वत्र चिन्ताको विषय बनिरहेको छ।अतः चुनाव विरोधी गतिविधिको नाममा शान्तिपूर्ण रूपमा गरिएका कार्यक्रमहरूमाथि गरिएको गिरफ्तारी लोकतन्त्रको नग्न उपास हो।” वक्तव्यमा धर्मेन्द्र बास्तोला लगायतका गिरफ्तार सबैलाई रिहा गर्न माग गरिएको छ । सामाजिक सञ्जालमा समर्थथकहरुले भनेका छन्–
“फरक राजनीतिक आस्था र विचार राखेकै आधारमा आफ्नो कायरता प्रस्तुत गर्नु कठपुतली सरकारको कमजोरी हो । महासचिव कमरेडलगायत देशभरबाट गिरफ्तार सम्पूर्णलाई तुरुन्त रिहा गर । यथाशीघ्र स–सम्मान रिहा गरियोस् ।
धर्मेन्द्र बास्तोला लगायतका गिरफ्तार सबैलाई रिहा गर्न माग
Comments

