नेकपा अध्यक्ष ऋषि कट्टेल गिरफ्तार

फागुन ६ गते ,काठमाडौँ । नेकपाका अध्यक्ष ऋषि कट्टेललाई आज उनकै कार्यालय कीर्तिपुरबाट गिरफ्तार गरेको हो । निर्वाचन बहिस्कार आन्दोलनमा लागेका राजनीतिक दलहरूको बैठक बस्न थालेका बेला प्रहरीले गिरफ्तार गरेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रचार विभाग प्रमुख अर्जुन कार्कीले हाँकलाई बताए । जिल्ला प्रहरी परिसर काठमाडौँ अपराध महाशाखा प्रवक्ता एसपी रामेश्वर कार्कीले हाँकलाई बताए अनुसार ऋषि कट्टेललाई टेकु स्थित प्रहरी कार्यालयको अपराध महाशाखामा राखिएको छ। उहाँलाई कहाँ राख्ने भन्ने बारेमा थप छलफल भइरहेको पनि प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताए।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित