काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तुले जिल्ला सचिवालय सदस्य ज्ञानुराम पुरीलाई तुरुन्त रिहा गर्न माग गरेकोछ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तुका जिल्ला सचिव हिमलाल वाग्लेले एक प्रेस वक्तव्य जारी गरी पुरीलाई तुरुन्त रिहा गर्न माग गर्नु भएको हो । हिमलाल वाग्लेले २०८२ फागुन ६ गते जारी गरेको वक्तव्य यस प्रकार छ –
“क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तु जिल्ला सचिवालय सदस्य ज्ञानुराम पुरीलाई २०८२ फाुन ४ गते राति १०.१५ बजे आफ्नो घर शिवराज नगरपालिका वार्न नम्बर १ बाट राति सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । सर्बप्रथम प्रहरी प्रशासनको अमानवीय व्यवहार सहितको गिरफ्तारीको तीब्र शब्दमा विरोध गर्दछौं । विचारको स्वतन्त्रता गणतन्त्रको मुख्य उपलब्धि मानिन्छ । समर्थन र विरोध जनताको संवैधानिक अधिकार हो । निर्वाचनलाई समर्थन गरेर निर्वाचनमा भाग लिन सकिन्छ र निर्वाचनलाई अस्वीकार गरेर बहिष्कार गर्न पनि सकिन्छ ।निर्वाचन बहिष्कार अपराध होइन , जनताको नैसर्गिक अधिकार हो । भोट माग्ने जति अधिकार छ , भोट नमाग्ने अधिकार पनि त्यति नै छ । निर्वाचन बहिष्कार गरेकै कारण गिरफ्तार गर्नु संवैधानिक अधिकार माथिको नियन्त्रण हो । जनताको बलिदानले प्राप्त उपलब्धिको रक्षा हामी सबैको दायित्व र कर्तव्य हो । सरकारले जनअधिकार हनन गर्ने होइन , संरक्षण गर्नु पर्दछ । कमरेड ज्ञानुराम पुरीलाई झुठ्ठा मुद्दा तैयार गरेर फसाउन खोजेको बुझिएको हुँदा त्यसो नगरी विना सर्त तुरुन्त रिहाइ गर्न जिल्ला प्रशासन कपिलवस्तु र नेपाल सरकार सँग जोडदार माग गर्दछौं ।

