गैरकानुनी गिरफ्तारी सरकारको फासीवादी कदम

काठमाण्डौ । केन्द्रीय संयुक्त संघर्ष समितिका संयोजक सिपी गजुरेलले नेताहरुको गैराकानुनी गिरफ्तारी सरकारको फासीवादी कदम भएको बताउनु भएको छ । २०८२ फागुन ६ गते समितिको तर्फबाट एक प्रेस वक्तव्य जारी गर्दै सो बताउनु भएको हो । केन्द्रीय संयुक्त संघर्ष समितिका नेता तथा नेकपाका अध्यक्ष ऋषि कट्टेललाई कीर्तिपुरस्थित उहाँको पार्टी कार्यालयबाट विना पूर्जी विना कारण पक्राउ गरी टेकुस्थित अपराध महाशाखामा राखिएको र नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र वास्तोलालाई बिना कारण पक्राउ गरिएकोमा विरोध जनाउँदै वक्तव्यमा सो कुरा जनाउनु भएको हो । वक्तव्यमा गिरफ्तारहरुलाई तत्काल विना शर्त रिहाइ गर्न माग गरिएको छ ।वक्तव्यको पूर्णपाठ यस प्रकार छ –

“आज २०८२ फागुन ६ गते दिनको करिब १२ बजे नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड ऋषि कट्टेललाई कीर्तिपूरको ट्याङ्ला स्थित उहाँको पार्टी कार्यालयबाट बिना कारण र बिना पूर्जी सुशीला कार्की नेतृत्वको कठपुतली सरकारले गिरफ्तार गरेको छ । अहिले उहाँलाई टेकु स्थित अपराध महाशाखामा राखिएको छ । हिजो नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव कमरेड धर्मेन्द्र वास्तोला पनि बिना कारण काठमाण्डौको खिचापोखरीबाट गिरफ्तार हुनुभएको छ । उहाँहरुको यो गिरफ्तारी उक्त दुई पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल सहित चार पार्टीका बीच बनेको केन्द्रीय सङ्घर्ष समितिले आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने नीति लिएकै कारण भएको बुझिन्छ । यो गिरफ्तारी संविधान प्रदत्त नेपाली नागरिकलाई विचार अभिव्यक्तिको मौलिक अधिकारबाट वन्चित गर्ने फासीवादी कदम हो । हाम्रो संयुक्त संघर्ष समिति सरकारको यो फासीवादी कदमको घोर भत्र्सना गर्दै कमरेड ऋषि कट्टेल र कमरेड धर्मेन्द्र वास्तोलाको बिनाशर्त शीघ्र रिहाइको माग गर्दछ । ”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित