काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सचिवालय सदस्य ज्ञानुराम पुरीलाई प्रहरीले विनाकारण रातको समयमा १०.१५ बज्दा २०८२ फागुन ४ गते गिरफ्तार गरेको छ । गिरफ्तारीको विरोध गर्दै सचिव हिमलाल वाग्लेले २०८२ फागुन ६ गते प्रेस वक्तव्य जारी गर्दै तुरुन्तै रिहाइको माग गर्नु भएको छ । प्रेस वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तु जिल्ला सचिवालय सदस्य ज्ञानुराम पुरीलाई २०८२ फाुन ४ गते राति १०.१५ बजे आफ्नो घर शिवराज नगरपालिका वार्न नम्बर १ बाट राति सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । सर्वप्रथम प्रहरी प्रशासनको अमानवीय व्यवहार सहितको गिरफ्तारीको तीव्र शब्दमा विरोध गर्दछौं । विचारको स्वतन्त्रता गणतन्त्रको मुख्य उपलब्धि मानिन्छ । समर्थन र विरोध जनताको संवैधानिक अधिकार हो । निर्वाचनलाई समर्थन गरेर निर्वाचनमा भाग लिन सकिन्छ र निर्वाचनलाई अस्वीकार गरेर बहिष्कार गर्न पनि सकिन्छ ।निर्वाचन बहिष्कार अपराध होइन , जनताको नैसर्गिक अधिकार हो । भोट माग्ने जति अधिकार छ , भोट नमाग्ने अधिकार पनि त्यति नै छ । निर्वाचन बहिष्कार गरेकै कारण गिरफ्तार गर्नु संवैधानिक अधिकार माथिको नियन्त्रण हो । जनताको बलिदानले प्राप्त उपलब्धिको रक्षा हामी सबैको दायित्व र कर्तव्य हो । सरकारले जनअधिकार हनन गर्ने होइन , संरक्षण गर्नु पर्दछ । कमरेड ज्ञानुराम पुरीलाई झुठ्ठा मुद्दा तैयार गरेर फसाउन खोजेको बुझिएको हुँदा त्यसो नगरी विना सर्त तुरुन्त रिहाइ गर्न जिल्ला प्रसासन कपिलवस्तु र नेपाल सरकार संग जोडदार माग गर्दछौं ।

