काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पाँच नं व्यूरोले सरकार निरंकुशता तर्फ उन्मुख हुँदै गएको बताएको छ । संविधान प्रदत्त अधिकारबाट सरकारले नागरिकलाई वञ्चित गर्न तर्फ उन्मुख हुँदै गएको भन्दै व्यूरो सचिव जितामित्र सुनारले २०८२ फागुन ६ गते संगठनको तर्फबाट एक पेस वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । वक्तव्यमा गिरफ्तार पुरीलाई तित्काल विनाशर्त रिहाइको माग गर्नु भएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कपिलवस्तु जिल्ला सचिवादलय सदस्य कामरेड ज्ञानुराम पुरीलाई २०८२ फागुन ४ गते राति १०.१५ बजे आफ्नो घर शिवराज नगरपालिका वडा नं १ बाट राति सुतिरहेको अवस्थामा प्रहरीले गिरm्तार गरेको छ । प्रहरीको यस प्रकारको रवैया प्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ ।कपिलवस्तु जिल्ला प्रहरीको यस प्रकारको रवैया प्रति हाम्रो पार्टी घोर विरोध गर्दछों ।संविधान प्रदत्त अधिकारबाट वञ्चित गर्न खोज्नु निरंकुशता तर्फ जानु हो । यसप्रकारको हर्कत तुरुन्त बन्द गरी कामरेड ज्ञानुराम पुरीलाई विनाशर्त रिहाइको माग गर्दछों ।


