क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीका सचिव पक्राउ

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला सचिव अर्घाखाँचीका सचिव राजेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी अर्घाखाँची कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर बहादुर थापाले हाँकसित कुरा गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला सचिव राजेन्द्र नेपालीलाई पक्राउ गरिएको पुष्टि गरे । अर्घाखाँची सन्धिखर्कमा निर्वाचन बहिस्कार सम्बन्धी पर्चा बाँडिरहेको अवस्थामा पर्चा सहित पक्राउ गरिएको डिएसपीको भनाइ रहेको छ । वहाँलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित