प्रदेश निर्वाचन कार्यालय कम्पाउण्डमा कालो व्यार्नर र उम्मेदवारी फिर्ता लिन पत्राचार

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ४ नै व्यूरो अन्तर्गत दाङको घोराही उप महानगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालय कम्पाउण्डमा कालो व्यार्नर राख्ने कार्यक्रम सम्पन्न भएको छ र फागुन २१ गतेको संसदीय निर्वाचनकालागि उम्मेदवारी दिनुभएका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दै पत्राचार समेत गरेको छ । पार्टीको दाङ जिल्लाले दिएको जानकारी अनुसार फागुन २१को निर्वाचनको विरोध गर्दै दाङको घोराही उपमहानगरपालिका स्थित प्रदेश निर्वाचनको कार्यालय कम्पाउण्डमा कालो व्यार्नर र झण्डा राख्ने काम भएको हो । पार्टीले ४ नम्बर व्यूरोका सबै जिल्लाहरुमा फागुन २१ गतेको निर्वाचनकालागि उम्मेदवारी दिनुभएका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन केही उम्मेदवारलाई भेटेर पत्र दिनुका साथै अन्य उम्मेदवारलाई पत्राचार समेत गरेको जानकारी प्राप्त भएको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित