काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले इरानमाथिको साम्राज्यवादी सैनिक अतिक्रमण र हमला बन्द गर्न माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले २०८२ फागुन १६ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । अमेरिकाले इरानमाथि आक्रमण गरेर अन्तर्राष्ट्रिय कानुन इरानको सार्वभौमिकताको ठाडो उलंघन गरेको वक्तव्यमा जनाइएको छ । साम्रज्यवादी युद्धको विरोध तथा विश्व शान्तिको पक्षमा खडा हुन समेत सबैमा अनुरोध गरिएको छ । वक्तव्यको पूर्णपाठ यसप्रकार छ । –आज सार्वभौम इरानमाथि अमेरिका र इजरायलले गरेको भीषण सैनिक हमला र अतिक्रमणको नेपाल कम्युनिष्ट पार्टी जोडदार विरोध गर्दछ । एकातिर शान्ति वार्ताको नाटक गर्दै अर्कोतिर यस्तो भीषण हमला गरेर अमेरिका र इजरायलले संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्रहरुको सार्वभोमिकताको सिद्धान्तको ठाडो र नाङ्गो उल्लंघन छ । यसको जति निन्दा भर्त्सना गरे पनि कमै हुन्छ । यस्तो स्थितिमा आफ्नो आत्म रक्षाको निमित्त इरानले मध्यपूर्बमा रहेका अमेरिकी सैनिक अखडामाथि गरेको प्रतिरोधी हमला स्वाभाविक हुनजान्छ ।
यस प्रकारको भयावह र नाजुक स्थितिमा खाडीका देशहरुमा मदजुरको रुपमा काम गर्न काम गर्न जान बाध्य भएका नेपाली युवाहरुको जीवन रक्षा गर्न र उनीहरुलाई सुरक्षित स्वदेश फिर्ता बोलाउन सरकारले तुरुन्त पहल गरोस् भन्ने जोडदार माग गर्दै ययुद्धको विरुद्ध शान्ति, पक्षमा दृढतापूर्वक खडा हुन समेत माग गर्दछ ।
इरानमाथिको साम्राज्यवादी सैनिक अतिक्रमण र हमला बन्द गर्न माग
Comments

