काठमाण्डौ । देशम क्रियाशील तीन किसान संगठनहरुले २०८२ फागुन २० गते एक प्रेस वक्तव्य जारी गर्दै साम्राज्यवादद्वारा इरानमाथि लादिएको भयावह युद्ध रोक्न तीन किसान संगठनहरुले माग गरेका छन् ।क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङ्ग, अखिल नेपाल किसान महासंघ(अप्फा) अध्यक्ष भैरबराज रेग्मी , अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष रामदुलार महतोले वक्तव्यमा हस्ताक्षर गर्नु भएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
बिश्व र यसका श्रोतसाधनमाथि प्रभूत्व जमाउन एक वा अर्को किसिमले निरन्तर लागिरहेको अमेरिकी
साम्राज्यबाद र यसको सहयोगी जातिबादी इजरायलले इरानमाथि जबर्जस्ती लादेको युद्ध र इरानका राष्ट्र प्रमुख खोमेनेई
लगायत उच्च इरानी अधिकारीहरुको क्रूर हत्या गरेकोमा हामी त्यसको घोर निन्दा र भत्र्सना गर्दछौ र साम्राज्यबादी
युद्धको प्रतिकार गर्दा देहाबसान भएका सर्बोच्च नेताकासाथ सबैप्रति गहिरो दुःख र समबेदना प्रकट गर्दछौ । यो
साम्राज्यबादी युद्ध प्रकरणले अन्ततः तेश्रो बिश्व युद्ध निम्त्याउने भयावह खतराको दिशामा बिश्वलाई धकेलेको छ र
यतिखेर मध्यपूर्ब यो युद्धको लपेटामा नराम्रोसँग परेको छ । यसले बिश्व अर्थतन्त्र, आपूर्ति श्रृंखला र रोजगारीलाई अत्यन्तै
गम्भीर संकटमा पारेको छ र बिश्वमा यसको पीडादायक असर लामो समयसम्म रहने खतरा उत्तिकै बढेकोछ ।
अतः बिकिसत भएको यस भयावह स्थितिमा हामी नेपाली किसानका प्रतिनिधि संस्थाकोरुपमा संघर्ष गर्दै आएका
बिभिन्न किसान संगठनहरु—अखिल नेपाल प्रगतिशील किसान संघ, अखिल नेपाल क्रान्तिकारी किसान महासंघ, अखिल
नेपाल क्रान्तिकारी किसान महासंघ(अप्फा)संयुक्त राष्ट्र संघको बडापत्र, बिश्व मान्य अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्र
समुदायको सार्बभौकिताको सिद्धान्तलाई ठाडै कुल्चिदै साम्राज्यबादी अमेरिका र जातिबादी मुस्लिम बिरोधी इज्रायलले
शुरु गरेको मध्यपूर्बको बिध्वंशकारी युद्ध तुरुन्त बिनाशर्त रोकियोस् र राजनीतिक सम्बाद तथा कूटनीतिक पहलद्वारा
समस्याको समाधान खोजियोस् जोडदार माग गर्दछौं । यो युद्धको लपेटामा परेका नेपालबाट रोजगारीको निमित्त
मध्यपूर्बका बिभिन्न देशमा कार्यरत नेपाली मजदुर लगायत सम्पूर्ण श्रमजीवी जनताको जिउ धनको सुरक्षा तथा जीवनको
सुनिश्चितताको प्रत्याभूति गरियोस् र उनीहरुलाई सुरक्षित स्वदेश फिर्ता गर्ने उचित र प्रभावकारी प्रबन्ध तुरुन्तै
मिलाइयोस् भन्ने बिशेष माग गर्दछौं ।
खतरनाक र अत्यन्तै घातक हतियार प्रयोग गरिदै गरेको प्रलयकारी युद्धको चपेटामा परेर नेपालबाट खाडी
राष्ट्रमा रोजगारीको निमित्त पुगेका २० लाखभन्दा बढी किसानका छोरा छोरी — श्रमकिहरु आज जीवनकै खतरामा पर्न
थालेका छन् । त्यसमाथि उनीरुको रोजगारी गुम्ने, चालु परियोजनाहरु स्थगित हुने, अतिरिकत काम रोकिने, युद्धकालीन
बिपत्तीमा परेर सुरक्षित स्थानान्तरण पनि चूनौतिमा पर्ने गम्भीर खतरा आइपरेको छ । यसर्थ यी सबै जोखिमहरुबाट
नेपाली श्रमिक लगायत सबै श्रमिकहरुको जीवनको रक्षा र सुरक्षित अबतरण गर्न गराउन सबन्धित मित्रराष्ट्र लगायत
हामी सम्बद्ध सबैको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
साम्राज्यवाद द्वारा इरानमाथि लादिएको भयावह युद्ध रोक्न तीन किसान संगठनको माग
Comments

