व्यक्ति र दलको खराबी देखाएर प्रतिक्रियावादी व्यबस्था बचाउन खोजिएको छ

डिल्लीराम बोहारा, १५ नं. व्यूरो सचिव,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

०बहिष्कारका क्रममा सीताराम बुढाथोकी र डिल्लीराम बोहरा तपाईहरु दुईजनालाई प्रहरीले गिरफ्तार गरेको थियो । कहिले कहाँबाट यहाँहरुलाई गिरफ्तार गरिएको थियो?

–सीताराम बुढाथोकी र मलाई सुनसरी जिल्लाको इटहरीको पशुपति मन्दिर नेरबाट गिरफ्तार गरिएको थियो । हामी पार्टी कामका सिलसिलामा बाहिर गएका बेला पहिलो दिन पनि आएर प्रहरीहरुले घर घेराउ गरेका रहेछन् । उनीहरु हामीलाई गिरफ्तार गर्न खोजिरहेका छन् भन्ने थाहा थियो । आमा बिमार भएकाले आमाको हेरचाह पनि गर्नुपर्ने भएकाले घर छोडेर हिँड्ने स्थिति पनि थिएन । प्रचारको काम सकेर हामी आएको मौका छोपेर हामीलाई छोपेर लग्यो ।

० प्रहरीबाट तपाईँहरूलाई के कस्तो व्यवहार भयो ?
– १६ गते हामीलाई सुनसरीको इटहरी इलाका प्रहरी कार्यालयमा राखियो। १७ गतेका दिन हामीलाई जिल्ला सदरमुकाम इनरुवा लगियो । २२ गतेसम्म नै हामीलाई इनरुवा राखियो र २२ गते फेरि इटहरी ल्याइयो । २५ गतेका दिन हामीलाई रिहा गरियो ।

० प्रहरीसँग त कुराकानी भयो होला के कस्ता कुराहरु भए त ?
–हामीलाई लिएर गइसकेपछि त्यहाँ प्रहरीको कमाण्डरसँग कुराकानी गराइयो। हामीलाई शान्ति सुरक्षा ऐन अन्तर्गत मुद्दा चलाइएको थियो । समाजमा शान्ति कायम गर्नका निम्ति यहाँ बसिदिनुपर्यो तपाईँहरू भन्ने कुरा गर्दथे । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सुनसरी जिल्ला सचिव पारस लिम्बु, अनि बालकृष्ण सुवेदी, गणेश निरौला सित हामीलाई भेट गराइदिनुस् भन्ने कुरा उनीहरूले गर्थे। हामीले हाम्रा साथीहरुलाई कहाँ छन् भनेर जानकारी गराएर छोप्ने वातावरण बनाउने कुरा भएन। हामीलाई त्यो काम नलगाउनुस् भन्यौं ।

० हिरासत बसाइको अरु अनुभव कस्तो रह्यो त ?
–मलाई त कस्तो लाग्यो भने हिरासतमा थुप्रै प्रकारका मुद्दामा परेका हुन्छन् –मानव बेचबिखन, हत्या, लेनदेन , विभिन्न खालका मुद्दाहरूमा परेका मान्छेहरु हिरासतमा थिए । तर इटहरीमा लागू औषध कारोबारका मान्छेहरु त्यहाँ धेरै देखियो। प्रहरीको सल्लाहकार , प्रहरीको ठूलो मान्छे लागु औषध कारोबारवाला भइको महसुस भयो । ु औषध कारोबारवाला अरुलाई हप्कीधप्की गरेर हामीलाई पनि देखाए जस्तो तर्साउन खोजे जस्तो गरेको पाइएको थियो तर अब हामी त्यसरी तर्सिने कुरा पनि भएन ।

० त्यहाँ भित्र खानपिनको व्यवस्था कस्तो थियो ?
–इटहरी र इनरुवा दुवै ठाउँमा क्यान्टिन आदिको व्यवस्था चाहिँ थियो। तर त्यहाँ के देखियो भने त्यो सामग्री खरिदमा दलाल प्रवृत्ति त्यहाँ पनि प्रशस्त मात्रामा देखियो। अरुले सामान मागेर नहुने । त्यो खास व्यक्ति अथवा समूहले नै सामानहरूको अर्डर गर्नुपर्ने , त्यसले गर्दाखेरि त्यहाँ व्यापार पनि राम्रैसँग चल्दो रहेछ तर त्यो दलाली प्रवृत्ति बेसरी मौलाएको हामीले पायौं ।

० फागुन २१ को चुनाव सम्पन्न भइसकेको छ। यसलाई संक्षिप्तमा मूल्याङ्कन गर्दा के भन्नुहुन्छ?
– मलाई कस्तो लाग्यो भने पुरानो दल , पुरानो नेता अगतिलो देखाएर बालेन र रबि राम्रो हुन् भन्ने देखाएर यो व्यवस्थालाई नै बचाउन खोजेको मैले बुझे । त्यसकारण यो व्यवस्थाको खराबी हो भन्ने कुरा माथि छलफल कमजोर भएको छ। हामीले आफ्नो तर्फबाट यो व्यवस्थाका विरोधी गतिविधि र यो व्यवस्था गतिलो छैन भन्ने कुरा हामीले गर्यौ र अझै यो मुद्दालाई नै अगाडि दबढाउनु पर्छ ।

० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका क्रान्तिकारी पार्टीहरूलाई अबका दिनमा कसरी अगाडि बढ्नुपर्छ भन्ने बारेमा तपाईंको सल्लाह के छ ?
– संसदवादी पार्टीहरूले देश र जनताको निमित्त न्यायपूर्ण काम गर्न सकेका छैनन् । त्यो कुरा सही नै हो। तर हामीले अरुलाई मात्रै दोष दिएर होइन । हाम्रा आफ्ना कमी कमजोरी के छन् भन्ने कुरातिर पनि हामीले ध्यान दिन जरुरी छ । संगठन र संघर्षलाई सँगसँगै लैजानुपर्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित