१३७ औं अन्तर्राष्ट्रिय मजदूर दिवस सम्पन्न

काठमाडौं । क्रान्तिकारी टे«ड युनियन महासंघ नेपाल केन्द्रीय समितिको आयोजनामा १३७ औं अन्तर्राष्ट्रिय मजदूर दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल हुनुहुन्थ्यो । गजुरेलले १३७ वर्ष पहिले अमेरिकाको सिकागो शहरका मजदुरले गरेको बलिदान अहिले पनि क्रान्तिकारी आन्दोलनमा प्रेरणाको स्रोत हो भन्नु भयो । गजुरेलले साम्राज्यवाद कमजोर बन्दै गएको दृष्टान्त दिनु भयो । भन्नु भयो , “२४ घण्टामा इरान खरानी बनाइदिन्छु भनेको ट्रम्पले अहिले आफै २ महिनाको युद्ध विराम घोषणा गरेको छ । यो उसको पराजय हो । ”  मई दिवस कार्यक्रममा क्रान्तिकारी टे«ड युनियन महासंघ नेपाल केन्द्रीय समितिको संयोजक ईश्वर तिमिल्सिनाले मई दिवसको महत्व माथि प्रकास पार्नु भयो । तिमिल्सिनाले भन्नु भयो , “ लगानी मैत्री व्यवस्था र कानुन बनाउने नाममा श्रमिकवर्गले उपभोग गरेका सिमित अधिकार समेत वलात खोस्ने प्रयत्न हुँदै छ । मजदुरहरुका संगठित हुने,राजनितीक आस्था राख्न पाउने र तलब, कार्यदिन, सुबिधा, सुरक्षासँग सम्बन्धित मुद्दाहरूमा पैरवी गर्न पाउने विश्वव्यापी प्रचलित मान्यतालाई चुनौती दिने कानुनको सरकारी पुर्पक्ष उदेकलाग्दो र मजदुर बिरोधी रहेको छ।” क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटप्यूरो सदस्य तथा ९ नम्बर व्यूरो सचिव चिन्तामणि पौडेलले पनि मन्तव्य राख्नु भएको थियो । पौडेलले सिकागो सहरका मजदुरहरुले ८ घण्टा काम , ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखेर गरिएको आन्दोलनको विरता, बलिदान र विजयबाट प्राप्त भएको हो। त्यही संघर्षको इतिहासबाट प्राप्त क्रान्तिकारी सङ्कल्पलाई जीवित राख्दै मजदुरहरु माथि हुने सबैखाले शोषण उत्पीडन विरुद्धको आवाजलाई उचो बनाउदै लैजानुपर्ने आवस्यकता छ भन्नु भयो।

 

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, सन्त बहादूर नेपाली, हरिभक्त कंडेल,ईन्द्रमोहन सिग्देल, पोलिटव्यूरो सदस्य तथा ९ नम्बर व्यूरो ईञ्चार्ज दिनेश शर्मा, पोलिटव्यूरो सदस्य तथा अखिल नेपाल आदिवासी जनजाति महासंघका संयोजक पवनमान श्रेष्ठ, क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालका संयोजक टेक बहादुर विश्वकर्मा, क्रान्तिकारी किसान महासंघ नेपालका महासचिव धनेश्वर पोख्रेल, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारी,क्रान्तिकारी महिला संगठन नेपालका सहसंयोजक शारदा महत, अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी) का अध्यक्ष महेश श्रेष्ठ, क्रान्तिकारी युवा संघ नेपालका संयोजक दोर्जी शेर्पालाई कार्यक्रममा अतिथि आसनग्रहण गराइएको थियो । कार्यक्रमको अध्यक्षता क्रान्तिकारी टे«ड युनियन महासंघ नेपाल केन्द्रीय समितिका संयोजक ईश्वर तिमिल्सिनाले गर्नु भएको थियो र सञ्चालन क्रान्तिकारी टे«ड युनियन महासंघ नेपाल केन्द्रीय समितिका सदस्य कमला चन्दले गर्नु भएको थियो ।

कुपोण्डोल स्थित पार्टी कार्यालयको सभा हलमा कार्यक्रम भएको थियो । कार्यक्रम भन्दा पहिले माइतीघर देखि कुपोण्डोल सम्म जुलुस प्रदर्शन गरिएकोे थियो ।

१३७ औं अन्तर्राष्ट्रिय मजदूर दिवस सफल पारौं !

संसारका मजदूर तथा उत्पीडित जनसमुदाय–एक हौं !

बढ्दो महंगी नियन्त्रण गर !

क्रान्तिकारी टे«ड युनियन महासंघ नेपाल – जिन्दावाद !

नयाँ जवादी – वैज्ञानिक समाजवादी क्रान्ति – जिन्दावाद !

संघ संगठन माथि अङ्कुश लगाउने निति – खारेज गर !

मजदुरहरुको तलब,ज्याला १०० प्रतिशत – वृद्धि गर !

मजदुरहरुलाई स्थायी रोजगारी – सुनिश्चित गर !

मजदुरहरुलाई सामाजिक सुरक्षा (सुनिश्चित गर !

अस्थायी,करार,ठेकेदारी,ज्यालादारी प्रणाली – खारेज गर !

संगठित हुने,मागहरू राख्ने एवं हडतालको अधिकार – सुनिश्चित गर !

हायर एण्ड फायर,नो वर्क नो पे नीति – खारेज गर !

मजदुरहरुमाथि भइरहेका शोषण,दमन – बन्द गर !

मजदुरहरुलाई राजनितीक प्रतिनिधित्वको – व्यवस्था गर !

वर्तमान र बिगतका सरकार र सरकारी उच्च पदस्थहरुको सम्पत्ति छानबिन गर !
लगायतका नाराहरु जुलुसमा लगाइएको थियो ।

 

फोटो –जय दाहाल

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित