बिना विकल्प भूमिहीनमाथि राज्यले गरेको आतंकपूर्ण गतिविधिको राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालद्वारा घोर भत्सर्ना

 

काठमाण्डौ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले बिना विकल्प भूमिहीनमाथि राज्यले गरेको आतंकपूर्ण गतिविधिको घोर भत्सर्ना गरेको छ । मोर्चाका संयोजक सन्तबहादुर नेपालीले २०८३ बैशाख २७ गते एक प्रेस वक्तव्य जारी गर्दै सरकारको सो कदमको भत्सर्ना गर्नु भएको हो । विज्ञप्तिमा डोजर आतंक सिर्जना गरी  बासस्थानबाट उठीबास गराइ विभिन्न सेल्टरमा राखिएका सुकुम्बासीहरु प्रति मानवीय व्यवहार गर्न , संरक्षणका साथ ससम्मान उचित स्थानमा व्यवस्थापन गर्न  जोडदार माग गरिएको छ । मोर्चाले सर्वोच्च अदालतले समेत उचित व्यवस्थापन विना डोजर चलाउन बन्द गर्न आदेश दिएको अवस्थामा पनि सरकारले अटेरी गरी देशैभर मच्चाइरहेको डोजर आतंक तत्काल बन्द गर्न र वैज्ञानिक तरिकाबाट भूमिहीन सुकुम्बासी समस्या समधान गर्न माग गर्नुका साथै पछिल्लो समय देशभर अव्यवस्थित बसोबास गरेका नागरिकहरु र भूमिहीन सुकुमबासीहरुले गरिरहेको आन्दोलनप्रति  ऐक्यवद्धता व्यक्त गरेको छ । मोर्चाले लिपुलेक नाका हुँदै व्यापारिक मार्ग खोल्ने भारत र चीनको पछिल्लो सहमतिबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरे पनि त्यो पर्याप्त नभएका कारण प्रत्यक्ष वार्ताद्वारा यो समस्याको समाधान गर्न थप कुटनैतिक पहलकदमी लिन सरकारसित माग गरेको छ । विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ –

राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालको बैठक यही २०८३ वैशाख २६ गते काठमाडौंमा संयोजक सन्तबहादुर नेपालीको अध्यक्षतामा बस्यो । बैठकले सरकारले चलाएको डोजर आतंक, महंगी, भारत र चीनद्वारा लिपुलेक भञ्ज्याङ हुँदै व्यापारिक मार्ग संचालन गर्ने सहमति, इरान–अमेरिका युद्ध आदि विषयमा गम्भीर छलफल ग¥यो । बैठकमा भएका निर्णयहरुलाई सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।
१. सरकारले सुकुम्बासी हटाउने नाममा विना विकल्प काठमाडौँ उपत्यकाका थापाथली, शंखमूल, सिनामंगल, मनोहरा लगायतका क्षेत्रमा बसिरहेका हजारौँ भूमिहीनहरुलाई डर, त्रास र धम्की देखाएर उनीहरु बसिरहेको बासस्थानमा डोजर चलाएको र उठीबास लगाएको तथा डोजर आतंकले गर्दा दुइ जना नागरिकको ज्यान गएको घटनाप्रति राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । बिना विकल्प भूमिहीनमाथि राज्यले गरेको यो आतंकपूर्ण गतिविधिको जुनसुकै शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सरकारको यो कदमको मोर्चाले घोर भत्र्सना गर्दै अहिले विभिन्न सेल्टरमा राखिएका भूमिहीन जनताप्रति मानवीय व्यहार गर्न र उनीहरुको उचित संरक्षणका साथमा ससम्मान उचित स्थानमा पुनस्र्थापना गर्न माग गर्दछ ।
२.नयाँ शैक्षिक सत्र शुरु भइसकेको अवस्थामा विद्यालय जानबाट वञ्चित भएका हजारौं बालबालिकाहरुलाई तत्काल विद्यालय पठाउने वातावरण तयार गर्न र त्यस्तो वातावरण तयार गर्नका लागि दबाब दिन सबै सरोकारवालाहरुसित मोर्चा हार्दिक अनुरोध गर्दछ ।सेल्टरमा राखिएका अशक्त, वृद्धवृद्धा, सुत्केरी, बिरामीहरुको उचित हेरचाह गर्न पनि मोर्चा सरकारको ध्यानाकर्षण गराउँछ ।
३.सर्वोच्च अदालतले समेत उचित व्यवस्थापन विना डोजर चलाउन बन्द गर्न आदेश दिएको अवस्थामा पनि सरकारले अटेरी गरी देशैभर मच्चाइरहेको डोजर आतंक तत्काल बन्द गर्न र वैज्ञानिक तरिकाबाट भूमिहीन सुकुम्बासी समस्या समधान गर्न मोर्चा माग गर्दछ । पछिल्लो समय देशभर अव्यवस्थित बसोबास गरेका नागरिकहरु र भूमिहीन सुकुमबासीहरुले गरिरहेको आन्दोलनप्रति मोर्चा ऐक्यवद्धता व्यक्त गर्दछ ।
४.त्यस्तै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै बजारमा अनियन्त्रित रुपमा दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि र कालो बजारीले गर्दा आम सर्वसाधारण जनताको जनजीवन थप कष्टकर भएको तर्फ मोर्चाको ध्यानाकर्षण भएको छ । मोर्चा अनियन्त्रित रुपमा भएको मूल्यवृद्धि तत्काल रोक्न र किसाहरुलाई समय मै आवश्यक मल बीउ उपलब्ध गराउन समेत माग गर्दछ ।
५) इरान–अमेरिकाबीच चालु युद्धको प्रभाव विश्वव्यापी रहेको छ । अमेरिकी साम्राज्यवादले बारम्बार सहमति तोड्ने गर्दा शान्ति स्थापना अनिश्चित बन्दै गएको सन्दर्भमा मोर्चाले युद्धरत पक्षहरु तत्काल वार्ताद्वारा युद्ध रोक्न र शान्ति स्थापना गर्न माग गर्दछ ।
६)लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने भारत र चीनको पछिल्लो सहमतिबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरे पनि त्यो पर्याप्त नभएका कारण प्रत्यक्ष वार्ताद्वारा यो समस्याको समाधान गर्न थप कुटनैतिक पहलकदमी लिन सरकारसित मोर्चा माग गर्दछ ।
७) केन्द्रीय संयुक्त संघर्ष समितिले यही वैशाख ३० गते राखेको देशव्यापी विरोध प्रदर्शनप्रति ऐक्यबद्धता प्रकट गर्दै त्यो प्रदर्शनमा मोर्चामा आबद्ध सबै घटकहरु सहभागी हुने निर्णय गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित