सन्धिखर्क । २०८३ जेठ २ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा शहीद टंक भुसालको ४४ औँ स्मृति दिवस कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ। कार्यक्रम ज्ञानप्रसाद भुसालको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सल्लाहकार समिति सदस्य वरिष्ठ वामपन्थी नेता पिताम्बर भट्टराईको अध्यक्षतामा अगाडि बढेको थियो ।कार्यक्रममा उपस्थित अतिथि र सहभागीहरूले शहिद टंक भुसालको फोटोमा माल्यार्पण पछि शहिद टंक भुसालप्रति एक मिनेट मौन धारण गर्नुको साथै सहितद टंक भुसालकी धर्मपत्नी सरस्वता भुसाललाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य राजेन्द्र नेपाली र केन्द्रीय सल्लाहकार समितिका सदस्य पिताम्बर भट्टराईले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य राजेन्द्र नेपालीले सहिद टंक भुसालले समाजमा रहेको शोषण दमन अन्याय अत्याचारको विरुद्ध संघर्ष गर्दागर्दै तत्कालीन पञ्चायती शासन व्यवस्थाका शासकहरुले अर्घाखाँची जिल्लाको जिल्ला प्रशासनमा कुटीकुटी हत्या गरेको थियो उहाँले समतामुलक समाजको निर्माणको लागि काम गर्नुभएको थियो। त्यसबाट अतालिएर पुलिस प्रशासनले उहाँको हत्या गरेको थियो। उहाँले गरेको देश र जनताप्रतिको बलिदान र उहाँले लिएको विचारले टंक भुसाल हाम्रो बीचमा अमर हुनुहुन्छ र अमर रहिरहनुहुनेछ । शहिद टङ्क भुसालले देखाएको बाटोमा हिँड्नु नै सच्चा श्रद्धाञ्जली र स्मृति हुने विचार व्यक्त गर्नुभएको थियो। नेपालीले देशको वर्तमान राजनीतिक अवस्थाबारे पनि चर्चा गर्दै वर्तमान सरकार पनि दलाल पुँजीवादी व्यवस्थाको अर्को प्रतिनिधि र कठपुतली भएको ठोकुवा गर्नुभयो। बालेन सरकारले सुकुम्बासी माथि गरेको अन्यायपूर्ण व्यवहारले साबित गरेको बताउनुभयो सरकार फासीवादी नीति तर्फ अगाडि बढेको र यस्तै गरिरहे छ महिना पनि नटिक्ने ठोकुवा गर्नुभयो। कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य पिताम्बर भट्टराईले टंक भुसालको जीवनीबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा क्रान्तिकारी महिला सङ्घ केन्द्रीय सदस्य मिना केसी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सन्धिखर्क नगर सेक्रेटरी खेमराज भट्टराईले पनि श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो।




