ट्रम्प गए ,पुटिन आए

 

काठमाडौं । भर्खरै मई १३ देखि १५ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण सके लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा आएका छन् । शक्ति राष्ट्र प्रमुखहरुको यो दौडधुपले आजको विश्व राजनीतिको तनावपूर्ण अवस्थालाई झल्काउँछ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मे १९ राति चीनको राजकीय भ्रमणका लागि बेइजिङ आइपुगेका छन्।चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा, पुटिन मे १९ देखि २० सम्म चीनको भ्रमण गर्दैछन्।

यो पुटिनको २५ औं चीन भ्रमण हो। दुई राष्ट्रपतिले द्विपक्षीय सम्बन्ध, विभिन्न क्षेत्रमा सहयोग र पारस्परिक हितका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्नेछन्, चीनको विदेश मन्त्रालयले जनाएको छ।

यस वर्ष चीन–रूस समन्वयको रणनीतिक साझेदारी स्थापनाको ३० औं वार्षिकोत्सव र चीन(रूस असल छिमेकी तथा मैत्रीपूर्ण सहयोग सन्धिमा हस्ताक्षर भएको २५ औं वार्षिकोत्सव हो।

बेइजिङ रिभ्युले जनाए अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, “दुवै पक्षले यो अवसरलाई चीन र रुसबीचको सम्बन्धलाई अझ गहिरो र उचाइमा पुर्‍याउन निरन्तर प्रयोग गर्नेछन्, ताकि विश्वमा थप स्थिरता र सकारात्मक ऊर्जा प्रवाह होस्।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित