ब्राजिल र पोर्चुगल बाहिरिएपछि विश्वकप थप रोमाञ्चक, अब मेस्सी र एम्बाप्पेमाथि नजर

 

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरणले विश्व फुटबलमा लगातार अप्रत्याशित नतिजा दिइरहेको छ। पाँच पटकको विश्व च्याम्पियन ब्राजिल नर्वेसँग २–१ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि फुटबल जगत् स्तब्ध बनेको छ। नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनले ब्राजिलको छैटौं विश्वकप जित्ने सपना यसपटक पनि अधुरै रह्यो।

त्यसैगरी, विश्व फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल पनि स्पेनसँग १–० ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको छ। यससँगै दुई बलिया उपाधि दाबेदार टोली प्रतियोगिताबाट बाहिरिएपछि विश्वकपको प्रतिस्पर्धा थप खुला बनेको छ।

यता, फ्रान्स भने क्वार्टरफाइनलमा स्थान बनाउन सफल भइसकेको छ। किलियन एम्बाप्पेको उत्कृष्ट लयका कारण फ्रान्सलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ। अर्कोतर्फ, लियोनेल मेस्सी सम्मिलित अर्जेन्टिनाले आफ्नो अन्तिम १६ को खेल खेल्न बाँकी रहेकाले विश्वभरका फुटबल समर्थकको ध्यान त्यसतर्फ केन्द्रित भएको छ। अर्जेन्टिना विजयी भए क्वार्टरफाइनलमा पुग्नेछ भने पराजित भए विश्वकपले अर्को ठूलो उलटफेर देख्नेछ।

ब्राजिल र पोर्चुगलको बहिर्गमनले प्रतियोगिताको शक्ति सन्तुलनमा परिवर्तन आएको छ। फ्रान्स, स्पेन र इंग्ल्याण्ड अहिले उपाधिका प्रमुख दाबेदारका रूपमा देखिएका छन्। यदि अर्जेन्टिनाले आफ्नो लय कायम राख्न सक्यो भने मेस्सीको टोली पनि उपाधि होडमा मजबुत दाबेदार बन्न सक्छ। तर नकआउट चरणमा देखिएका अप्रत्याशित नतिजाले यस विश्वकपमा कुनै पनि टोलीलाई कमजोर आँक्न नसकिने संकेत दिएका छन्। त्यसैले अबका प्रत्येक खेल “गर या मर को अवस्थामा हुने भएकाले विश्व फुटबल समर्थकहरूको उत्सुकता झन् बढेको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित