कविता ः कमाण्डर

कृष्णभक्त महर्जन

कमाण्डहरु
एकमा
अनेक
अनेकमा
एक
खुराफाती जान्दैन
छलकपट गर्दैन
रोड कमाण्डर बन्छ
रोड भरी सलाम खान्छ
एक छ
पेशा कमाण्डर
अनेक छ
घर कामाण्डर
राजनीति गर्न
पेट पाल्न
एक
कमाण्डरले नसकी
अनेक
कमाण्डरको साहायताले
नया कमाण्डर जन्मिन्छ
कमाण्डरै
कमाण्डर
जन्मिने
मर्ने
इतिहास

छदै छ
पेट पाल्ने
कमाण्डरको सहयोग
राजनीतिगर्ने
कमाण्डरको असहयोग
बेला बखत
एकमा
अनेक
अनेकमा एक
कमाण्डरहरु
बन्ने गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित