‘सिस्नेखोला–नागढुंगा’सुरुङमार्गको उद्घाटन

काठमाण्डौ । नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’ सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानिज राजदूत माएदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल अध्यक्ष मिजुकी मात्सुजाकी लगायतको उपस्थितिमा सुरुङमार्गको उद्घाटन भएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्साल नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा.तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरेका हुन्।उद्घाटनपछि मन्त्री लम्साल, जापानी राजदूत तथा जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर औपचारिक रूपमा सवारी आवागमनको शुभारम्भ गरेका थिए।नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्ग पहिलो चरणमा आपतकालीन सवारीसाधनका लागि मात्रै खुला गरिनेछ। पहिलो दिन एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङ प्रयोग गर्न अनुमति दिइनेछ।

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै उपभोग दस्तुर (टोल शुल्क)नलिइने आयोजनाले जनाएको छ। परीक्षण सम्पन्न भई नियमित सञ्चालन सुरु भएपछि भने कुल २ हजार ६८८ मिटर लामो सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले राजपत्रमा तोकिएअनुसार उपभोग दस्तुर तिर्नुपर्नेछ।राजपत्रअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं आउँदा रु .६५ र काठमाडौंबाट बाहिर जाँदा रु. ६० तिर्नुपर्नेछ।मिनी बस तथा मिनी टिपररट्रकका लागि काठमाडौं आउँदा रु.११५ र जाँदा रु.८०, बस तथा ट्रकका लागि काठमाडौं आउँदा रु. २६० र जाँदा रु. २०० शुल्क निर्धारण गरिएको छ।

त्यस्तै, मल्टी एक्सल ट्रक, अन्य भारी सवारीसाधन तथा भारी उपकरणले काठमाडौं आउँदा रु. ६०० र काठमाडौंबाट बाहिर जाँदा रु. २५० उपभोग दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा–सिस्नेखोला खण्डमा यात्रा समय घट्ने, ट्राफिक जाम कम हुने तथा काठमाडौं भित्रिने र बाहिरिने सवारी आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।नागढुंगा सुरुङमार्गको विकासक्रम भने विभिन्न सरकारसँग जोडिएको छ। यसको सम्भाव्यता अध्ययन ०६६÷६७ मा झलनाथ खनाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेका वेला सुरु भएको थियो। ०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका वेला सम्पन्न भएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित