नागढुङ्गा सुरुङमार्ग प्रभावित स्थानीय जनताको माग

काठमाडौँ । २०८३ श्रावण १० गते नागढुंगा सुरुङमार्ग सञ्चालनको उद्घाटन कार्यक्रमको पूर्व सन्ध्यामा स्थानीय जनताले आफ्ना मागहरु राखेर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । कालो ब्यानर सहित शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका जनताहरूले सुरुङमार्गबाट प्रभावित स्थानीय जनताको माग पूरा गर्न भन्दै नारा लगाएका थिए।खानेपानी आयोजना सञ्चालनको ग्यारेन्टी गर ! सिस्ने खोला पानी लिफ्टिङ आयोजना सञ्चालन गर्ने सुनिश्चित गर। सुरुङ मार्गमा स्थानीयलाई सहज रुपमा आवतजावत गर्ने व्यवस्था गर। प्रभावित क्षेत्रका बासिन्दाहरूलाई रोजगारीको व्यवस्था गर। चर्किएका घरहरूको क्षतिपूर्तिको उचित व्यवस्थापन गर भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित