काठमाण्डौ । क्रान्तिकारी महिला संगठन नेपाल ९ नं क्षेत्रीय समन्वय समितिको आयोजनामा २०८३ भदौं ६ गते प्रशिक्षण कार्यक्रम हुने भएको छ । क्रान्तिकारी महिला संगठन ९ नं क्षेत्रको साउन ९ गते ललितपुरको कुपोण्डोलमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले साउन मसान्त सम्म जिल्ला भेला तथा बैठक सम्पन्न गर्ने निर्णय गर्नुका साथै सपना राजथलाको संयोजकत्वमा ७ सदस्सीय समन्वय समिति गठन गरेको छ ,जसमा सदस्यहरु वीरता क्षेत्री ,गंगा मानान्धर , विष्णु न्यौपाने , इन्दिरा घिमिरे , कमला चन्द रहनु भएको छ भने ३ सदस्सीय सचिवालय गठन गरेको छ ,जसमा सपना राजथला, वीरता क्षेत्री र गंगा मानान्धर रहनु भएको छ । बैठकमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ९ नं व्यूरो सचिव चिन्तामणि शर्मा , क्रान्तिकारी महिला संगठन नेपालको राष्ट्रिय एकता सम्मेलन आयोजक समितिका संयोजक शारदा महतको आतिथ्यता रहेको थियो । कार्यक्रममा ९ नं व्यूरो सचिव चिन्तामणि शर्माले संगठनलाई व्यवस्थित गर्न नयाँ र पुराना साथीहरुलाई जोड्ने अभियानमा पार्टी लागिरहेको बताउनु भयो । शारदा महतले महिलाको मंसिरमा काठमाण्डौमा सम्पन्न हुन गइरहेको राष्ट्रिय एकता सम्मेलनलाई भव्यताको साथ सम्पन्न गर्नकोलागि ९ नं क्षेत्रीय समन्वय समितिको अत्यन्त ठूलो भूमिका हुने भएकाले सबै सदस्यहरुले तदारुकताका साथ काम गर्न निर्देशन दिनु भयो ।

