कप्तानगञ्ज जस्तै घटना दोहोरिन नदिन नेपाल सरकारसँग जोडदार माग

काठमाण्डौ । सुनसरीको कप्तानगञ्जमा भएको घटना दोहोरिन नदिन नेपाल बार एशोसिएशन मानव अधिकार तथा जनसरोकार समितिले नेपाल सरकारसँग जोडदार माग गरेको छ । समितिका सह संयोजक डा. राजेन्द्र घिमिरे तथा सदस्य सचिव अधिवक्ता किरण न्यौपानेले २०८३ साउन १३ गते बुधबार कप्तान गञ्ज घटनामा आफुहरुको ध्यानकर्षण भएको बताउँदै सो कुुरा बताउनु भएको हो । नेपाल बार एशोसिएशन सदैव विधिको शासन संवैधानिक सर्वोच्चता, धार्मिक स्वतन्त्रता तथा नागरिकका राजनीतिक धार्मिक ,सामाजिक अधिकारको पक्षमा रहेको बताउँदै सुनसरीमा घटेको घटना धार्मिक सहष्णिुता विरोधी नहोस भन्दै ,कोही कुनै धार्मिक संस्थाका नाममा अतिरञ्जित कृयाकलाप नगर्न नगराउन नेपाल सरकार तथा घटनामा प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा रहेका सबैसँग अनुरोध पनि गरेको छ । समितिले धार्मिक रुपमा मनाइने जात्रा एवम् पर्वहरुलाई व्यवस्थापन गर्दै सौहार्दपूर्ण रुपमा मनाउने संवैधानिक नैसर्गिक अधिकार भएको पनि बताएको छ ।मानव अधिकार समितिले घटनामा ज्यान गुमाउने ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचारको माग गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित