साम्प्रदायिक संयम कायम राख्न अपील

काठमाण्डौ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले सुनसरीको कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति गम्भीर चिन्ता प्रकट गर्दै साम्प्रदायिक संयम कायम राख्न अपील गरेको छ । मोर्चाका संयोजक सन्तबहादुर नेपालीले २०८३ साउन १३ गते वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको छ । वक्तव्यमा सुनसरीको देवानगञ्ज गाउपालिका वडा नं ३ कप्तानगञ्जमा एकजना २४ वर्षीय युवा ओमप्रकाश मेहताको ज्यान जानेगरी गोली चलाएको घटनालाई अत्यन्तै दुःखद र संवेदनशील ठहर गर्दै स्थानीय जिल्ला प्रशासन र प्रहरीको गम्भीर लापरबाही भन्ने बैठकले औंल्याएको छ । घटनापछि साम्प्रदायिक दंगा फैलिनु, सेना परिचालन गरिनु र यसलाई मधेश प्रदेश क्षेत्रभरी भडकाउन खोजिनुले स्थितिलाई अझ उत्तेजित पारेको विश्लेषण बैठकले गरेको छ । मृतक युवा मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मोर्चाले निष्पक्ष छानविनकासाथ वास्तविक दोषीलाई कडा कारबाही गर्न, मृतकका परिवारलाई पर्याप्त क्षतिपूर्ति प्रदान गर्न र भरण पोषण र रोजगारीको समेत व्यवस्था गर्र्न माग गर्दै शोकाकुल परिवारमा मोर्चाले गहिरो समवेदना प्रकट गरेको छ ।

वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालको केन्द्रिय समितिको बैठक मोर्चाका संयोजक सन्तबहादुर नेपालीको अध्यक्षतामा २०८३ साउन १३ गते बागबजार, काठमाण्डौमा बस्यो । बैठकमा बिग्रदो र अझ संकटपूर्ण बन्दै गएको देशको राष्ट्रिय स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मोर्चालाई अझ व्यापक, सुदृढ र संघर्षशील तुल्याउदै देश र जनताको हितमा अघि बढ्ने सम्वन्धमा विगतका मोर्चाका गतिविधिहरुको सबलता र दुर्बलता केलाउँदै समीक्षा गर्दै महत्वपूर्ण निर्णयहरु लिएको छ । यसका लागि थप कार्यक्रम अघि बढाउन नीतिगत निर्णयका लागि यही साउन २९ गते बैठक बसेर तय गर्ने निर्णय लिएको छ ।
सुनसरीको देवानगञ्ज गाउपालिका वडा नं ३ कप्तानगञ्जमा एकजना २४ वर्षीय युवा ओमप्रकाश मेहताको ज्यान जानेगरी गोली चलाएको घटनालाई अत्यन्तै दुःखद र संवेदनशील ठहर गर्दै स्थानीय जिल्ला प्रशासन र प्रहरीको गम्भीर लापर्वाही भएको भन्ने बैठकले औंल्याएको छ । घटनापछि साम्प्रदायिक दंगा फैलिनु, सेना परिचालन गरिनु र यसलाई मधेश प्रदेश क्षेत्रभरी भड्काउन खोजिनुले स्थितिलाई अझ उत्तेजित पारेको विश्लेषण बैठकले गरेको छ । मृतक युवा मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मोर्चाले निष्पक्ष छानबिनकासाथ वास्तविक दोषीलाई कडा कारबाही गर्न,मृतकका परिवारलाई पर्याप्त क्षतिपूर्ति प्रदान गर्न,भरण पोषण र रोजगारीको समेत व्यवस्था गर्र्न माग गर्दै शोकाकुल परिवारमा मोर्चाले गहिरो समवेदना प्रकट गरेको छ ।
नेपाली जनताकाबीच असमझदारी पैदा गर्न, पारस्परिक सद्भाव र सहिष्णुता बिथोल्न र एकता खल्बलाउने सन्देहास्पद स्थितिको तत्काल अन्त्य गर्न तथा सामान्य स्थितिमा फर्काउन सम्बद्ध सबैले संयम, धैर्य र परस्पर सम्मानकासाथ भूमिका खेल्न जोडदार आग्रह गर्दछ । बैठकले यस्ता संवेदनशील क्षेत्रहरुमा हुनसक्ने अवाञ्छित घटना रोक्न जनधनको क्षति हुन नदिन र साम्प्रदायिक सदभाव खल्बलिन नदिन संवेदनशील क्षेत्रमा पूर्व सतर्कता र आवश्यक सावधान रहन पनि बैठकले माग गर्दछ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित