कविता ः नेपालीहरुलाई एक साथ लिएर उठ

 

 

जे सी सिंजालि सुर्य थापा

ए मुठ्ठी र तारा तिमी सयौं स्थान बाट जुरमुराउदा कतै सत्य र सव्य हरु लाई त छोडेका छैनौं
यदि कतै छोडेका छौँ भने महाभुल गरेका छौँ
यदि कहि कतैबाट टुसादार आंकुराहरुलाई भुलेका छौँ कि ।
फर्केर हेर ,मुठ्ठीले जुरमुराउनु खोज्दा र ताराले चमत्कार गराउन खोज्दा कतै भुल गरेका त छैनौं ।
फेरि पनि एक पटक सोचे र हेर
सत्य र सब्य कहि भुलेका त छैनौं
तिम्रो मुठ्ठी र तारोमा सबै भाषी र जातिलाई अटाउने ठाउँ दिन कतै भुलेका त छैनौं
यदि भुलेका छौँ भने फेरि ठुलै भुल गरेका छौँ
कला र गला भएकाहरुलाई कतै छोडेका छौँ भने पनि गल्ती गरेका छौँ
बालक र वृद्धालाई पनि कतै भुलेका छौँ भने पनि महाभुल गरेकै छौँ
ए मुठ्ठी र तारा तिमी किन सत्य र तथ्यलाई छोड्दै छौँ
यदि तिमीमा सत्य छ भने भुकेको सत्य होइन लुकेको सत्यलाई खोज
ए मुठ्ठी र तारा किन तिम्रो सत्यतालाई
नियालेर हेर्दैनौं
किन हिमाली र पहाडी भन्दैछौँ
यो पनि तिमी गल्ती गर्दैछौँ
ए मुठ्ठी र तारा काटे रगत सबैको रातो छ किन यसो गर्दै छौँ यो पनि महाभुल गर्दैछौँ
ए मुठ्ठी र तारा सत्य छ भने डटेर उठा हाम्रो साथ सधैं संगै छ
यदी यसमा अतालिनु छ भने तिमी गल्तीको भुमरीमा भासिदै छौँ र सत्यलाई पन्छाउने कोशिसमा छौँ
ए मुठ्ठी र तारा तिमी किन यति धेरैलाई छोड्दै छौँ तिम्रो पछिका लाई किन देख्न सकेका छैनौं
ए मुठ्ठी र तारा तिमी संग यो जगतलाई हेर्ने सहि विवेक र विचार छ भने राम्रोसँग हेर ।
ए मुठ्ठी र तारा कहि कतै बाटोमा अलमलिएकालाई छोडेका छौँ भने पनि महा गल्ती गरेका छौँ
ए मुठ्ठी र तारा जसले रातदिन ,झरी,बादल ,हुरी बतास ,घामलाई अप्ठ्यारो नमानी काम गर्नेहरुलाई कतै छोडेका छौँ
भने पनि महाभुल गरेका छौँ ।
ए मुठ्ठी र तारा कतै सबैलाई हेर्ने नजरमा त कमि भएको छैन ्
यदि भएको छ भने महाभुल हुनेछ
ए मुठ्ठी र तारा के यस्तो गर्दै जादा राम्रो ठानेनौं भने त झनै महाभूल हुनेछ ।
ए मुठ्ठी र तारा कतिले आश गरेका छन्
यो जगतलाई राम्रोसँग हेर्छन
यी दुई मिली राष्ट्रलाई बदलिँदो समयमा अगाडि लम्काउने छन्
तर त्यसो हुन सकेको छैन यो पनि महाभुल हुनेछ
ए मुठ्ठी र तारा कसरी जगाउछौँ सारा संसार यो पनि गल्ती सम्झेनौं भने महाभुल गरेकै हुनेछौँ
ए मुठ्ठी र तारा यदि तिमीले आफ्नो पृष्ठभूमिलाई कहि कतै भुलेका छौँ भने त झनै ठुलो भुल गरेका हुने छौँ
ए मुठ्ठी र तारा तिम्रो भार्इ अरुसंगै छ भन्ने त झनै महा गल्ती भएको छ
यो गल्ती ले संसार बाट हार लिनुपर्ने छ
ए मुठ्ठी र तारा तिमी मिलेर गयौं भने संसार जित्ने छौँ
यदि तिमी फेरि पनि भुल गर्दै गयौं भने सिमा मिचिन्छ देश बेचिन्छ र सकिन्छ
ए मुठ्ठी र तारा अब यस्तो नगरा आफु आफुमा खिचातानी होइन एक आपसमा मिल र अगाडि बडा ।
ए मुठ्ठी र तारा सबै सबैको मनमा यसरी नै पस्ने गर ।
ए मुठ्ठी र तारा आगामी मिति १९,२०,२१–०२(२०२७)मा हुने
९औं अखिल भारत सम्मेलनले सम्पूर्ण भारतबासी
नेपालीहरुलाई एकताको झन्डा मुनि गोलबन्द गरी
सम्मेलन सफल पार्ने अठोटका साथ सबै ठाउँबाट
एकजुट भै सम्मेलनलाई सफलताको चुलिमा पुराउने आँट गरेर उठ
न्याय र समानताका लागि सबै तिर बाट जुट
ए मुठ्ठी र तारा एकताको सन्देश साकार पारेर उठ।
यो समय परिवर्तनशील छ सबैतिर बाट जागेर उठ
एकताको झन्डा बोकेर उठ
र विगतका गल्ती कमजोरीलाई सुधार गर्दै नयाँ ढंगबाट अगाडि बढ ।
जम्मु काशमिर देखि कन्या कुमारी सम्मका नभै भारत भरि छरिएर रहेका आम नेपालीहरुलाई एक साथ लिएर उठ ।

जैमिनी नगरपालिका १ कुस्मी सेरा बागलुङ
हाल पान्डिचेरी
भारत ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित