सिराहामा कफ्र्यु आदेश

काठमाडौँ । आज श्रावण १४ गते सिराहाको गोलबजार क्षेत्रमा अशान्तिको स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ। झडपका क्रममा गोलबजारमा गणेश यादवको मृत्यु भएको छ। स्थितिलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले सेना , प्रहरी लगायत सम्पूर्ण सुरक्षा संयन्त्रहरू परिचालन गरेको छ। तथापि केही व्यापारिक भवनहरुमा आग्जनी हुनुका साथै केही प्रदर्शनकारीहरु घाइते समेत भएका छन्। गत श्रावण १० गते सुनसरीमा हिन्दू र मुस्लिमको बीचमा झडप भएको थियो र प्रहरीले गोली चलाउँदा घटनास्थलमा एकजनाको मृत्यु भएको थियो र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो। सिराहा जिल्ला प्रशासन कार्यालय स्रोतले हाँकलाई बताए अनुसार जिल्ला प्रशासन कार्यालय सिराहाले सुनसरीकै घटनाको निरन्तरताको रुपमा यो घटना हो भन्न ेठानेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित