जनताका प्रिय गायक ध्रुव ज्ञवाली

काठमाडौं । रक्तिम साँस्कृतिक अभियानका जनजादी कलाकार रेम रानाको शब्द “ डुल्दै हिड्दा भारतमा नेपालीको कथा भेटियो” लाई सुमधुर स्वर दिने जनताका प्रिय गायक, ध्रुव ज्ञवाली हुनुहुन्थ्यो । ज्ञवालीले “पहाडमा छ्दा हाम्रो सानो घर थियो”, “सारङ्गी रेटेर गाउँदै हिडेको”, “क्रान्तिकारी ! नेपाललाई मुक्त बनाईदेउ”, “प्यारो जलजला”, “मनको घाउ नसुनाउ देशको घाउ दुखिरहेछ” जस्ता कालजयी गीतहरुमा आफ्नो जीवन्त आवाज दिनुभएको छ । उहाँको जन्म २०१८ साल कार्तिक २३ गते गुल्मी जिल्लामा भएको थियो भने निधन २०६० पुस ६ गते काठमाडौमा भएको थियो ।ध्रुव ज्ञवालीले नेपाली प्रगतिशील गीत, सङ्गीत, कला, साहित्य र सस्कृतिमा दिनुभएको योगदान सदा स्मरणीय रहने छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित