चेन्नई उतर नगर अन्तर्गत महिला विभागक‍ो तेस्रो भेला सम्पन्न

 

चेन्नई ।अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समिति अन्तर्गत महिला विभागको तेस्रो भेला २ अगस्त २०२६ का दिन सम्पन्न भएको छ। उक्त भेलाको अध्यक्षता फुलमया के. सी. ले गर्नु भयो। अतिथिको आशनग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट कोपिला शर्मा र गीतसंगीतबाट रक्तिम अभियानले स्वागत गरेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजकी केन्द्रीय सचिवालय सदस्य तथा महिला विभाग ईन्चार्ज दुर्गा सुवेदीले क्यान्डल प्रज्ज्वलन गरी भेलाको उद्घाटन गर्नु भएको थियो। भेलाले तुलशा सुवेदीको अध्यक्षतामा १९ सदस्यीय महिला विभाग गठन गरेको छ। जस्मा उपाध्यक्ष चन्द्रा सुवेदी, सचिव ईन्द्रा सुवेदी, सह सचिव शान्ता चौधरी, कोषाध्यक्ष दिलमाया लामिछाने सदस्यहरूमा फुल मया के सी, गीता शर्मा, सीता वि. क, कोपिला शर्मा , सावित्रा थापा, कोपिला शर्मा , प्रमिला थापा, उमा पौडेल, लक्ष्मी के सी, मिना चौधरी, आसा चौधरी, उजेला परियार, पुनम सुवेदी, लिला नेपाली र इन्द्रा थापा रहनु भएको छ। भेला सफलताको शुभकामना तथा वधाई दिनेहरूमा केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, केन्द्रीय सदस्य तिलकराम गोराथोकी, केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगर सचिव मोहराज सुवेदी, फुलमाया केसी, नगर उपाध्यक्ष सोनु बराल, ईन्द्र शर्मा र अर्जुन ठकुल्ला रहनु भएको थियो भने कार्यक्रमको संचालन तुलसा सुवेदीले गर्नु भएको थियो।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित