ढोरपाटनका ७ राजनैतिक दलको साझा धारणा

काठमाडौं । बागलुङ जिल्ला ढोरपाटन नगरपालिकाका ७ राजनैतिक दलहरुले देशको समसामयिक राजनीतिक घटना र स्थानीय सार्वजनिक सरोकारको विषयमा साझा धारणा बनाएका छन् । २०८३ श्रावण १८ गते एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले साझा धारणा सार्वजनिक गरेका हुन् । संयुक्त वक्तव्यमा हालै तराईमा भइरहेको साम्प्रदायिक द्वन्द्वलाई दु खद घटना भन्दै जातीय तथा धार्मिक सहिष्णुता र सद्भावमा जोड दिइएको छ । वक्तव्यमा साम्प्रदायिक द्वन्द्व भड्काउने तत्वलाई कार्वाहीको माग पनि गरिएको छ । संयुक्त वक्तव्यमा बुर्तिबाङ बजारमा जुवा ,तास नियन्त्रण,टाफिक नियमन, बजार अनुगमन लगायतका विषयमा समस्या समाधान गर्न सम्बन्धित पक्षलाई ध्यान आकर्षण गराइएको छ । संयुक्त वक्तव्यमा नेपाली कम्युनिष्ट पार्टीका निलबहादुर पुन , नेपाली कांग्रेसका मेषलाल शर्मा,नेकपा एमालेका टंकलाल पौडेल,जसपा नेपालका गंगबहादुर घर्ति , क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका तिलक बुढा, राष्ट्रिय जनमोर्चाका टमबहादुर घर्ति र नेकपा माओवादीका शिवध्वज पुनले हस्ताक्षर गरेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित