कञ्चनपुर। क्रान्तिकारी कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश (१ र २ नम्वर व्युरो)को आयोजनामा कञ्चनपुरको सामदैजीमा जनतासँग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।अन्तक्रिया पछि दिनेश रानाको संयोजकत्वमा ९ जनाको किसान कमिटी गठन गरिएको छ। जसमा सह–सँयोजक सोनु चौधरी,सदस्यहरुमा विक्रम चौधरी रामु चौधरी घुम्न राना नविन चौधरी सरिता चौधरी प्रेम राना र मञ्जु राना रहनु भएको छ ।जनसचेतना कार्यक्रम अन्तर्गत कैलालीमा यसभन्दा पुर्व जनसभाका कार्यक्रम सम्पन्न भएका थियो २०८३ श्रावण १४ गते कञ्चनपुरको सामादैजीमा किसानसँग एक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्य कार्यक्रम जिल्ला पार्टीले जिल्ला भरि नै सञ्चालन गर्ने जिल्ला पार्टी इञ्चार्ज डम्वर विष्टले बताउनु भएको छ ।अन्तक्रिया कार्यक्रमको सहजिकरण सिसिएम तथा जिल्ला इञ्चार्ज डम्वर विष्टले गर्नु भएको थियो । पार्टी पिविएम तथा व्युरो इञ्चार्ज लालवहादुर जाग्री व्युरो न.१ का सचिव रामवहादुर महरा व्युरो न.२ का सचिव लालवहादुर मडौले अन्तक्रियामा पार्टीको नीति कार्यक्रम सम्वन्धी धारणा राखेका राख्नु भएको थियो । कार्यक्रममा पार्टी नेता कमल चौधरी ,टंक कोइराला ,राम वहादुर धामी पदम सार्की समेतको सहभागिता रहेको थियो।

