नेपाललाई कुनै सरोकार नराखी नेपाली भूमिबाट व्यापारिक बाटो खोलेकोमा विरोध

काठमाण्डौ । नेपाललाई कुनै सरोकार नारखी नेपाली भूमिबाट व्यापारिक बाटो खोलेकोमा नेपाल कम्युनिष्ट पाटीले वक्तव्य प्रकाशित गर्दे विरोध जनाएको छ । संयोजक लोकनारायण सुवेदीले २० साउन २०८३ मा एक वत्तःव्य प्रकाशित गर्दै विरोध जनाउनु भएको हो । वक्तव्यमा अगाडि भनिएको छ –“
चीन र भारत बीच गएको अगस्ट १ का दिन नेपालको भूमि लिपुलेक भएर ब्यापारिक बाटो खोलिएकोप्रति नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानकर्षण भएको छ । दशकौंदेखि खाशगरी सन् १९५५ मा नेपाल र चीनका बीच दौत्य सम्वन्ध कायम भएदेखि लगातार नेपालको राष्ट्रिय स्वाधीनता, सार्बभौमिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएको र बैदेशिक सम्वन्धमा पञ्चशीलको सिद्धान्त मान्ने कुरा बरोबर दोहोर्याउदै आएको जनबादी गणतन्त्र चीनले समेत भारतकै सुरमा ताल मिलाउँदै नेपालको कुनै सरोकार नराखी त्यो अतिक्रमणकारी सम्झौता नेपाल–चीन दौत्य सम्वन्ध कायम भएको अगष्ट १ कै दिन गर्नुले दुइ देश बीचको सम्वन्धमा पनि अपूर्ब आँच पुर्याएको छ ।
नेपालले लगातार एक चीन नीतिको मान्यतालाई स्वीकार गर्दै आएको र नेपाली भूमिबाट चीन विरोधी कुनै गतिविधि हुन नदिने कुरा बारम्बार प्रकट गरिरहेको सन्दर्भ र पछिल्लो समयमा नेपालमा एकातिर चिन विरोधी गतिबिधि बढिरहेको र अर्कोतिर नेपालले जन स्तरबाट नेपाललाई चीन बिरोधी अमेरिकी सैन्य अखडा बनाइनु हुँदैन भनेर आन्दोलन चलाइरहको स्थितिमा यो सम्झौता हुन पुग्नु दुइ बिचको सम्वन्ध चीसो बनेको र नेपालमा चीन बिरोधी गतिबिधिलाई बढाउन पनि मद्दत गरेको नेपाल कम्युनिष्ट पार्टी ठान्दछ ।
अतः चीनले यो सम्झौता रद्द गरोस् र त्रि–देशीय सीमा जोडिएको नेपाल, चीन र भारत बीच संयुक्त छलफल गरेर नेपालको भूमि भएर जाने बाटोको बारेमा नेपालको सहमति र स्वीकृति लिएर परस्पर सुमधुर बिश्वसनीय सम्वन्ध कायम गर्न अग्रसर होस् भन्ने जोडदार माग नेपाल कम्युनिष्ट पार्टी गर्दछ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित