काठमाण्डौ । क्रान्तिकारी युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन र खाना पकाउने ग्यास सहज बनाउन माग गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक लाई ज्ञापन पत्र बुझाएको छ । २०८३ साउन २२ गते संघका संयोजक दोर्जी शेर्पा, झनक श्रेष्ठ र गोबिन्द काफ्ले सहितको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा जनताको ढाड सेक्नेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन र खाना पकाउने ग्यास सहज बनाउन जोडदार माग गरिएको छ । ज्ञापन पत्रमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौं लाई समेत बोधार्थ गराइएको छ ।
ज्ञापन पत्रको पूर्ण पाठ यसप्रकार छ –“देश अहिले वेरोजगारी र महगीको चपेटामा परेको छ। यस्तो अवस्थामा बाँच्न सक्ने अवस्थामा नेपाली नगरिक छैनन् । नागरिकहरुलाई राहातको व्यवस्था गर्नु पर्ने अवस्था आइरहेको छ, तर सरकार र नेपाल आयल निगम भने महिनामा नै पटक पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धिले जनताको ढाड सेकिरहेको छ । सरकारको स्वामित्वमा रहेको आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले न्युन ज्याला भएका मजदुर कर्मचारी, किसान र आम जनताहरुको जीवन स्थर मन कष्टकर बन्दै गईरहेको छ । अझ दुःखको कुरा त के हो भने खाना पकाउने ग्यासको त पैसा तिरेर पनि सहज रुपमा उपलब्ध हुन सकिरहेको छैन । आयल निगमले पेट्रोलियमा पदार्थको मूल्यवृद्धिले वस्तुको मूल्य बढ्ने हुदामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन र खाना पकाउने ग्यास सहज रुपमा आम श्रमिक, विधार्थी युवा लगायत सम्पूर्ण नागरिकलाई उपलव्ध गराउनका लागि नेपाल आयल निगम र नेपाल सरकरसँग क्रान्तिकारी युवा संघ नेपाल जोडदार माग गर्दछ। उक्त मागलाई वेवास्ता गरेको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मा स्वयम् नेपाल आयल निगम र नेपाल सरकार पक्षले लिनु पर्नेछ ।”

