कृष्णभक्त महर्जन
मन
मन त हो
हुन्छ नि
कहिले चिसो
कहिले तातो
कहिले पिरोको
मनुस्मृतिहरु
मस्तिष्कका प्रतिबिम्ब
काल्पनिक आकृति छ
मन
मन त हो
कहिले हुदैन
दुःख
कष्ट
चिन्ता
पाउन सक्छ
मनोभाब बिग्रेपछि
परन्तु
सधै एकै नास
कहाँ हुन्छ र
कहिले पुर्व घुम्नु
कहिले पश्चिम घुम्नु
स्वभाविक नै हो
मन
मन त हो
बुझ्नेलाइ बुझ्न गाह्रो
बुझाउनेलाइ बुझाउन गाह्रो
कसरी ठाम्ने
कसरी ठम्याउने
मन भित्र
पस्न सकिदैन
मनको भित्री रहस्य
केही थाहा छैन
डम्पिङ भनेको हो
सम्पिङ भनेको हो
ओठ मात्र चल्छ
अरु केही बुझ्दैन
मन
मन त हो
मन पनि छ
तन पनि छ
मन घुमाउछ
उत्तरतिर
तन घुमाउछ
दछ्यिणतिर
अहिले त
दवाव चल्छ
पुर्व
र
पश्चिमबाट
अनि
बुझ्न सकिदैन
मनका भावहरु ।
Comments

