पोखरा, साउन २४ ।
अखिल नेपाल आदिवासी जनजाति महासङ्घ ७ नम्बर ब्युरोले ३२ औ विश्व आदिवासी दिवस पोखरामा एक कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य तथा ब्युरो इन्चार्ज दिपक गुरुङ, क्रान्तिकारी महिला सङ्गठनका केन्द्रिय सदस्य तथा ७ नम्बर ब्युरो इन्चार्ज शुशिला थापाले शुभकामना दिनु भएको थियो । बिशेष अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ७ नम्बर ब्युरो सचिब स्याम केसिले आफ्नो अधिकार प्राप्तिको लागि बैचारिक र साङ्गठ्निक दुबै हिसाबले लाग्नु पर्नेमा जोड दिनु भयो । त्यस्तै प्रमुख अतिथि ,अखिल नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष भिम बहादुर श्रीस मगरले आदिवासी जनजातिहरु अधिकारको सवालमा पछि परेकोले आफ्नो हक, अधिकारको लागि निरन्तर लाग्नु पर्ने बताउनु भयो । शहिदहरु प्रति एक मिनेट मौन धारण गरी शुरु भएको कार्यक्रममा ब्युरो सचिब राम पुनको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको थियो ।


