काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सल्लाहाकार समितिका सदस्य दीपक बहादुर के सीको साउन २४ गते साँझ ८ बजे प्युठान मरन्ठाना स्थित आफ्नै निवासमा असामयिक निधन भएको छ । उहाँ ८५ बर्षको हुनुहुन्थ्यो ।
दीपक केसी कम्युनिष्ट आन्दोलनको एक धरोहर हुनुहुन्थ्यो । वहाँ मालेमाबादी सिद्धान्त र बिचार प्रति अडिग ,क्रान्ति र आमुलपरिबर्तन प्रति एक निष्ठाबान जनताको बीचमा एक लोकप्रिय क्रान्तिकारी नेता हुनुहुन्थ्यो । उहाँले प्यूूठान र रोल्पाका विभिन्न विद्यालयमा लामो समय शिक्षक भई देश र समाजलाई योगदान पु¥याउनुभएको थियो । उहाँ पञ्चायतकालमै जिल्ला पार्टी प्यूठानको सेक्रेटरी भएर पनि काम गर्नु भएको थियो । वहाँ २०६४ को पहिलो सम्बिधान सभाको निर्बाचनमा प्युठान क्षेत्र नम्बर २ बाट सम्बिधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।वहाँले कम्युनिष्ट आदर्शलाई कहिलै भुल्नु भएन ।यो वहाँको राजनीतिक जीवनको सबभन्दा ठूलो पुँजि हो ।

