संविधान सभा आवश्यक

 

मुलूक स्वात्तै राष्ट्रियता र राजनीतिक संकटमा गुज्रिरहेको अवस्थामा गिरिजा सरकारका जघन्य अपराध विरुद्ध राजनीतिक पार्टीहरुदेखि सर्वसाधारण जनताहरुसम्म आन्दोलनमा होमिएका छन् र यस सिलसिलामा ६ राजनीतिक पार्टीहरुद्वारा ‘नेपाल बन्द’ लाई पूर्ण रुपमा सफल पार्दै गिरिजा सत्तालाई जस्तरबाट फेरि कडा अविश्वास प्रकट गरेका छन् । रोल्पा लगायत केही जिल्लामा प्रहरी प्रशासनले ज्यादती गरे बाहेक सामान्यतया हिजोको (साउन ३०) को बन्द पूर्णतया शान्त रह्यो । देशका विभिन्न भागमा हज्जारौं प्रदर्शनकारी जनतालाई विना कारण गिरफ्तार गर्ने कांग्रेसीशैली हिजोको बन्दमा पनि कायम गरेर आफ्नो हठ धर्मिता प्रर्दशन गर्न गिरिजा सरकार चुकेन । बन्द कार्यक्रम कै दौरानमा हिजो मुख्य मुख्य शहरहरुमा व्यापक प्रदर्शन र आमा सभाहरु सम्पन्न भए ।

काठमाण्डौमा सम्पन्न विशाल जनसभालाई सम्बोधन गर्दै नेकपा(मसाल)का नेता चित्रबहादुर के.सीले देशमा राजतन्त्र अझै निरंकुश छ, सत्ता जनतामा हस्तान्त्रण गर्न अन्तरिम सरकारको गठन र त्यसद्वारा संविधान सभाको चुनावले निरंकुश तन्त्रलाई हटाउन सकिन्छ तर त्यसरी बनेको संविधानले जनताका आधारभूत समस्या हल हुँदैन । त्यसकोलागि कमसेकम जनवादी क्रान्ति हुन पर्छ भन्दै संविधान सभाको चुनाव पुँजीवादी र सुधारवादी नारा हो भन्नुभयो । अहिले चुनावी आन्दोलनमा नभइ सडक आन्दोलललाई अगाडि बढाएरै गिरिजालाई सत्ताच्यूत गर्न सकिन्छ उहाँले थप भन्नु भयो ।सभामा संजमो (वैद्य )का महासचिव लिलामणि पोख्रेलले राजा – गिरिजा गठबन्धनको प्रमाण दिँदै सदनमा हारेको निंकुश गिरिजालाई नै चुनाव गराउने जिम्मा किन दिइयो ? भन्दै गिरफ्तार गरिएका व्यक्तिलाई रिहा नगरे सरकारका मान्छेहरु जनताको पक्षबाट समात्न चुनौती दिनु भयो । सभालाई जनमोर्चाका अमिक शेरचन ,एमालेका सिद्धिलाल सिंह,अशोक राई, कम्युनिष्ट लिगका कृष्ण भक्त श्रेष्ठ,संयुक्तका दीपक भक्त श्रेष्ठले संबोधन गर्र्नुभएको थियो ।

प्राप्त समाचार अनुसार नेपालगंन्जमा एमाले प्रदर्शनमा सहभागी नै बनेन । त्यहाँ अखिल छैठौंका विभागीय सचिव मनोज भट्ट ,रामप्रकाश पुरी ,ऋषि गौतम ,लोकराज गौतम ,लगायत नौ जना गिरफ्तार भए । त्यस्तै दाङमा १२ जना काठमाण्डौमा ११ जना ,पोखारामा छवि अधिकारी लगायत ८ जना ,धनगडी १२ रोल्पामा २० जना गिरफ्तार भएको समाचार प्राप्त भएको छ ।

देशका प्रमुख शहरहरुमा पसल यातायात अध्ययन संस्थान कारखाना ठप्प भए । यो बन्दले पुनः नेपाली जनताले गिरिजा सरकारप्रति खुला रुपमा अविश्वास जाहेर गरेको छ भनेआन्दोलनका संचालक पार्टीहरुप्रतिको सकरात्मक भावनालाई प्रमाणित गरेको छ । पञ्चायती व्यवस्थाको ठिमाहा सन्तानको रुपमा उत्तरदायित्व निर्वाह गर्ने गिरिजा सरकार बन्दलाई असफल पार्न प्रायोजित वक्तव्य आफ्नो भाटहरुबाट दिन लगाएपनि जनआस्था गुमाएको सत्तालाई जनस्तरबाट बारम्बार चुनौती दिँदै आएको पृष्ठभूमिमा यदि जनताको यो भावनालाई हेलचेक्र्याइँ गर्ने हो भने जनताले आन्दोलनलाई शान्त पार्न मात्रै कोशिश गर्ने छैन र आन्दोलनरत पार्टीले सामान्य आमसभ, मशाल जुलुश ,कोण सभा ,घेराउ र प्रर्चाबाजीमा कार्यक्रमलाई सिमित पारेर राख्नु अपर्याप्त हुनेछ र संघर्षलाई अगाडि बढाउनु पर्नेछ ।

( यो समाचार नयाँ हाँक साप्ताहिक,वर्ष ३,अंक ३०, २०५१ श्रावण ३१ गते ,बाट लिइएको हो । )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित