काठमाडौं । आज श्रावण ३१ गते बिहान सन्धिखर्क स्थित गच्छेघाटमा सकुन्तला रानाको अन्त्यष्टी गरिएको छ ।अन्त्यस्टी भन्दा पहिले राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । हिजो बेलुकी अबेर मात्र रानाको शब दिल्लीबाट अर्घाखाँची ल्याइएको थियो।
राना नेपाल कम्युनिस्ट पार्टी (मसाल) अर्घाखाँचीकी सचिवालय सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव हुनुहुन्थ्यो । । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–५, असुरकोट निवासी रानाको भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालमा उपचारका क्रममा २०८३ साउन २९ गते निधन भएको थियो ।
रानाको सादगीपूर्ण जीवनशैली, इमानदारी, जुझारुपन र कर्तव्यनिष्ठ चरित्र अनुकरणीय छ । सामाजिक परिवर्तनप्रतिको दृढ इच्छाशक्ति र कम्युनिस्ट आन्दोलनप्रतिको प्रतिबद्धताका कारण उहाँ प्रतिकूल परिस्थितिमा समेत निरन्तर सक्रिय रहनुभएको थियो । रानाको निधनले समग्र वामपन्थी आन्दोलनमा गम्भीर क्षति पुगेको छ ।





