केन्द्रीय सल्लाहकार समिति सदस्य ज्ञानेन्द्रमान श्रेष्ठको निधन

 

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य ज्ञानेन्द्रमान श्रेष्ठको निधन भएको छ । उहा जीवन भर क्रान्तिकारी कम्युनिष्ट बिचारको लागि संघर्ष गर्नु भएको थियो । । उहाँको भक्तपुर सिर्जना नगर स्थित घर थियो । उहाँ लामो समयदेखि घातक रोगसँग सङ्घर्ष गरिराख्नुभएको थियो । ज्ञानेन्द्रमान श्रेष्ठ उपचारकै क्रममा निधन भएको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य दिनेश शर्मा , केन्द्रीय सल्लाहकार समिति सचिव कमल चौधरी लगायतले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो संवेदना व्यक्त गर्नु भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित