–जे.सी. सिंजाली सूर्य थापा
आगामी तीज कार्यक्रमको सन्दर्भ पारेर धेरै थरिका नृत्य र गीतहरु बजारमा आइसकेका छन् । ती गीतहरुलाई सरसरि हेर्ने र सुन्ने हो भने अनेक थरीका शब्द र भाषाहरु भेट्न सक्छौं । धेरै जसो तीजि गीतमा राष्ट्र, राष्ट्रियता र महिला मुक्ति आन्दोलनसँग जोडिएको शब्द पनि भेट्न गार्हो हुन्छ ।आज, विगत र वर्तमानलाई नियालेर हेर्ने हो भने कुनै बेला जति दमन थियोे अहिले त्यो अवस्था छैन । त्यो बेला र यो बेला धेरै परिवर्तन भएको अवस्था छ तर पनि सामाजिक रुपमा लैंगिकविभेद र अन्याय प्रशस्त बाँकी छन् । नारि मुक्ति आन्दोलनका कुरा गर्दै गर्दा यहाँ त्यो …………जस्तो होइन यो…….. जस्तो श्रीमान आवश्यक भन्ने खालका गीत नारीहरु बाट नै बजारमा आउनु कति उचित हो ?
यस्तो परिस्थितिमा महिलाहरुमा सही किसिमको राजनीतिक चेतनाको आबश्यकताछ । अबाञ्छित किसिमका शब्दहरुले हामीलाई गिजाइ रहेको अवस्थामा हामी महिलाहरुको चेतनाको बिकाशका लागि गीत संगीतबाट भए पनि महिलाहरुको चेत्नाको बिकाशमा उर्जा थप्ने किसिमको सांगीतिक सन्देश प्रवाह गर्नु आजको आवश्यकता रहेको छ । त्यसकारण हामी आगामी तीजि गीत गाउदा र रचना गर्दा महिला मुक्ति आन्दोलनमा साथ र उर्जा थप्ने खालका रचनात्मक गीतहरुको सन्देश प्रवेश गराउनु नितान्त आजको आवश्यकता छ ।
तीजि गीतका शब्दहरु समाजमा हुने महिला हिंसाका बिरुद्ध घन्कने आवाज हुनुपर्छ र मात्रै तीजि गीतले महिला मुक्ति आन्दोलनलाई सघाउ हुनेछ । नत्र तीज एक दिनको रमझम मात्र हुनेछ त्यसकारण हामी सजक महिलाहरुको रचनाले बैचारिक चेतनाको बिकाशलाइ अगाडि बढाउने कार्यमा मद्दत पुराउनुपर्छ । तीजगीत झनझन छाडा बन्दैगएकाछन् । कतिपय तीजगीत दिदी बहिनीले दाजुभाइसित सँगै बसेर सुन्न नसक्ने सम्मबनाएका छन् । तीज गीत गाउने – नाच्ने वा पर्व मनाउने नाममा पार्टी प्यालेस जाने महंगो मदिरा र अन्यपरिकार ग्रहण गरी संस्कृतिलाई विकृत पार्ने गरेकोपनि पाइन्छ ।सँस्कृतिको नाममा आएको यस्तो विकृतिलाई कसरी सुधार गर्ने भन्ने धेरैको चासोको बिषय हो। महिलाहरुको एकता , बैचारिक स्पष्टताले यस्ता विकृतिहरुलाइ सच्चाउनसकिन्छ।
राष्ट्रिय हितका पक्षमा लेखिएका तीज गीतलाई हामीले प्रोत्साहन गर्नुपर्छ । सर्वहारा नैतिकको सन्देश दिने तीजगीतलाई हामीले महत्व दिनुपर्छ । समाजिक सद्भाव लाई आच आउने खालका गीतलाई निरुत्साहित र सामाजिक सद्भाव फैलाउने गीतलाई बढावा दिनुपर्छ । आगामी तीजि कार्यक्रम हरेक ठाउँमा यही दृष्टिकोणका साथ सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु।

