नारी शक्ति (तीजको गीत)

– रचना ( दुर्गा सुवेदी र माया थापा, चेन्नई

ए दिदी बहिनी हो तीज त
आयो बरिलै
एकता समाजमा महिला
जुटौ बरिलै ।

ए दिदी बहिनी हो हातमा हात
मिलाउ बरिलै
एकता समाजको विकास
गरौं बरिलै

असंगठितलार्इ संगठित गराउँ
हामी सबैको दायित्व वरिलै
समाजमा बसी दुई कुरा बुझे
त्यही नै हो हाम्रो महत्व बरिलै ।

उठौं र जुटौं नेपाली सबै
महिला दिदी बहिनी बरिलै
घर न बाहिर जहाँ गए पनि
अन्यायको शिकार भैने बरिलै ।

आफ्नो हक र हितको लागि
महिला सबै जुटौं बरिलै
अन्याय विरुद्ध लड्नको लागि
मुक्तिको विगुल फुकौं बरिलै ।

अखिल भारत नेपाली एकता
समाजका महिला उठौं बरिलै
नारी सम्मान न सम्झनेहरुलाई
गतिलो सबक सिकाउ बरिलै ।

नारी केवल साधन होईन
परिवर्तनको शक्ति बरिलै
शिक्षा साहास आत्मा र विश्वास
यहि नै हो हाम्रो भक्ति बरिलै ।

शिक्षा र सम्मान आत्मवलले
एकता समाज सजाऊँ बरिलै
नारीको शक्ति जागे कै छ है
एकताको दीप बालौ बरिलै ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित