तीजको गीत– जेन्जी आन्दोलन

– सुनिता बस्याल, चेन्नई
फेसबुकको प्रतिवन्ध हटाउने माँग राखेर
आन्दोलन गरे जेन्जी अघि सरेर
शान्तिपूर्ण आन्दोलनमा आक्रमण गरेर
तनावपूर्ण बनाइयो गोली ठोकेर ।

दर्जनौं जेनजीलाई गोली हानी मार्दियो
मारेपछि आन्दोलन झनै चर्कियो ।
जेन्जीको आन्दोलन सरकार तर्फ मोडियो
थाहा छैन कताबाट गोली वर्षियो ।

घुसपैठभयो जेनजीमा आतंक र आगजनी
राजनीतिक नेता जति भए भाग जानी
नेता जति कुटपिट गरी घरमा आगो लगाइयो
जेलभित्रका कैदी जति सबलार्र्इ भगाइयो।

पार्टीका र सरकारी सबै भवन जलनी
जनताका अभिलेख पारे खरानी
आन्दोलन कन्ट्रोल गर्न सेना आए अगाडी
जेन्जीले सेनालार्इ पार्यो पछाडी ।

प्रतिमगन हुन सक्ने चलखेल बढेको
मन्डलेले राजा ल्याउन हल्ला गरेको
गणतंत्र मासेर राजा ल्याउन खोजियो
अनेक खाले तमासा देशमा देखियो ।

वलिदान जेनजीको सरकार बन्यो बालेनको
राम्रो काम गर्ने बाचा ग¥यो जनताको
सय दिन नपुग्दै बाचा तोड्न लाएको
प्रतिगामी कदमको गन्ध आएको ।

विना प्लान डोजर लगाइ सुकुमवासी हटायो
निमुखा गरिबलार्इ रूवाउदै पठायो
गरिबको नेता भनी भोटदिए वालेनलार्इ
बस्न खान टिक्न छैन गरिब जनतालाई ।

नेपाल र भारतको सिमा विवाद चर्कियो
दुवै देशले सिमा मिचे भन्दा बल्जियो
सडक देखि सदन सम्म खबरदारी वालेनको
इज्जत राखी कुरा गर नेपाल आमाको ।

वर्षौ सम्म राजनीति बाल फुल्यो नेताको
देशको भन्दा स्वार्थ खोजे आफ्नो दलको
यो पाराले जनताको दिन कहिल्यै पनि आउँदैन
जनताले ढुक्कसँग बाँच्न कहिल्यै पाउँदैनन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित