जाजरकोटको बाढी पहिरोमा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली

काठमाडौँ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जाजरकोटको बाढी पहिरोमा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। २०८३ साउन ३० गते जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर दुईमा आएको भीषण बाढी पहिरोका कारण मृत्यु हुनेहरूप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जाजरकोटका इन्चार्ज रत्न ओलीले विज्ञप्ति जारी गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । २०८३ भदौ २ गते जारी गरिएको विज्ञप्तिमा भनिएको छ ,“२०८३ साउन ३० गते अविरल वर्षका कारण बाढी पहिरोमा परि जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर २ निवासी भीमबहादुर कार्की ,ओमसिंह खत्री ,रती खत्री र केदार कार्कीको दुखद निधन भएको हुँदा सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । सोही बाढी पहिरोमा परी घाइते हुनेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुःखको यस घडीमा हाम्रो जनप्रिय पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी अत्यन्त मर्माहित भएको छ। एकातिर पुँजीवादको अवस्था, नाफाको होडले प्रकृतिमाथिको दोहन बढाउँदै जाँदा वातावरणीय सन्तुलन गम्भीर बिग्रदै जाँदा यस्ता प्राकृतिक विपत्तिहरू क्रमश आम बन्दै गएका छन् । मानवजाति र प्रकृतिको रक्षा तथा दिगो भविष्यको लागि जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको विकल्प अपरिहार्य बन्दै गएको छ। आजको यस दुखद घडीमा शोकलाई शक्तिमा बदल्दै मानव मुक्ति र वैज्ञानिक समाजवादको महान अभियानमा अझ दृढतापूर्वक लामबद्ध हुनु नै दिवंगतहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । भविष्यमा यस्ता विपत्तिबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न जोखिमयुक्त क्षेत्रको पहिचान गरी पूर्व सूचना उदार तथा आवश्यक सावधानीका प्रभावकारी उपायहरू तत्काल अवलम्बन गर्नका लागि राज्यका सबै तहसँग जोडदार माग गर्दछौं।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित