काठमाडौँ । नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपा: ले ज्ञानेन्द्रमान श्रेष्ठप्रति श्रद्धाञ्जली प्रकट गरेको छ। नेवा राष्ट्रिय मुक्तिमोर्चा नेपा:का राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पवनमान श्रेष्ठद्वारा २०८३ भाद्र १ गते जारी गरेको वक्तव्यमा सो श्रद्धाञ्जली प्रकट गरिएको हो। वक्तव्य यस प्रकार छ , “हाम्रो गौरवशाली मोर्चा नेवा राष्ट्रिय मुक्तिमोर्चा नेपाका केन्द्रीय सल्लाहकार कमरेड ज्ञानेन्द्रमान श्रेष्ठ गत अगस्ट १०२६ (२५ श्रावण २०८३ ) मा लस एन्जलस अमेरिकामा बिहान ६ बजे उपचारका क्रममा ७६ वर्षको उमेरमा निधन भयो। उहाँ मिर्गौला रोगले पीडित हुनुहुन्थ्यो ।कमरेड ज्ञानेन्द्रमान श्रेष्ठ पुराना वामपन्थी नेता र उहाँले नेकपा चौथो महाधिवेशनमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा पनि निरन्तर भूमिका खेलेर हाल क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय सल्लाहकारको भूमिकामा हुनुहुन्थ्यो । नेवा मोर्चाको केन्द्रीय सल्लाहकार र क. ज्ञानेन्दैमान श्रेष्ठको निधनले नेवा जातिको मुक्ति आन्दोलन र कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति भएको छ । नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपा राष्ट्रिय सम्मेलन आयोग समिति निधन भएका कमरेड ज्ञानेन्द्रमान श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ।
कमरेड ज्ञानेन्द्रमान श्रेष्ठको ३ मई १९५० मा काठमाडौँमा जन्म भएको थियो। उहाँ पाको काठमाडौँको बासिन्दा र पछिल्लो सल्लाहघारी भक्तपुरमा घर बनाएर बस्नुभएको थियो। उहाँको श्रीमती र दुई छोरीहरू अमेरिकामा रहनुहुन्छ । ”

